लव लेटर आएन, लव म्यारिज गरियो

FB_IMG_1467457271346

दिपा हमाल जिल्ला शिक्षा अधिकारी, सुर्खेत

१ के छ खबर ?
– हजुर.. ठिकै छ, आरामै छु ।
२. हिजो आज के मा व्यस्त हुनुहुन्छ ?
– कार्यालयकै काममा व्यस्थ छु भन्नुपर्छ ।
३. धेरै राम्री हुनुहुन्छ नि ? कत्तिको आयो कलेजमा पढदा लव लेटर ?
– हा हा हा …लव लेटर आएन तर लभ म्यारिज गरियो ।
४. भागेर विवाह गर्दा आमा, बुवावाट लठी त खाइएन नी ?
– खाईएना सजिलै स्वीकार्नु भयो घरमा ।
५. आमा, श्रीमन र प्रेमिका मध्ये एक जनालाई रोज्दा…..?
– आमालाई रोज्छु आमाले यो पृथ्वीमा पाईला टेकाउनु भयो, श्रीमान भनेको त पछिको नाता हो नी, आमासंग मेरो गर्भावस्था देखिकै नाता छ । त्यसैले पहिला आमा, अनि जीवन साथी श्रीमानलाई रोज्छु अरु त त्यस्तै हो ।
६. तपाई हिँड्दै गर्दा बाटोमा पाँच केजी सुन भेटाउनु भयो भने के गर्नु हुन्छ नि ?
– हा हा हा …त्यो त मैले कल्पना पनि गरेको छैन, यदि भेटी हाल्यो भने .समात्छु र संम्वन्धीत निकायलाई बुझाई दिन्छु ।
७. राज्यले तपाईलाई शिक्षा मन्त्री बनाईदियो भने तपाईको पहिलो प्राथमिकता के हुन्छ ?
– हा हा हा … शिक्षा संमवन्धी धेरै समस्याहरु छन ति मध्य पुरै नभएता पनि महिलाहरुलाई शिक्षित बनाउने कुराहरुमा बढी केन्द्रीत हुन्थे ।
८. कार्यालयको कामले गर्दा परिवारलाई समय दिन नसक्दा कहिले काही बुढाबुढीको खटपट हुन्छ होला नी हैन ?
– पर्छ कहिले काँही तर पनि मेरो श्रीमान पनि निजामतीमा काम गर्ने भएकाले कामको लोड बुझनु हुुन्छ । श्रीमान भन्दा पनि छोरा छोरीसंग भने खटपट हुन्छ ।
९. मनपर्ने खाना ?
– नेपाली खाना रोटी, तरकारी सादा ।
९.डान्स वारमा कहिलेकाही जानु हुन्छ कि ?
– टिभीमा त हेरेको छु तर प्रत्यक्ष हेरेको छैन ।
१०. मन पर्ने संगीत ?
– नृत्य र आधुनिक गीतहरु बढी मन पर्छ ।
११.मन पर्ने ठाँउ ?
– आफनै ठाउँ सुर्खेत मन पर्छ ।
१२. मन पर्ने व्यक्ति ?
– मन पर्ने व्यक्ति मेरो श्रीमान ।
१३. मन पर्ने कपडा ?
– सिम्पल खालको मौसम अनुसारको कुर्ता सुरुवाल मन पर्छ ।
१४. सेक्सप्रति तपाईको सटिक धारणा ?
–सेक्स प्राकृतिक कुरा हो, आवश्यकता हुन्छ, तर यसकै पछि भने लाग्नु हुदैन ।
१५.नेपाली समाजमा सेक्स फ्रि हुनुपर्छ भन्ने पक्ष मा कि विपक्षमा ?
– स्वतन्त्र हुनुपर्छ भन्ने बिपक्षमा किनकी त्यो हाम्रो समाजको लागि स्वीकार्य छैन ।
१६. जीन्दगीमा के गर्दा मजा आउँछ ?
– आफुलाई समस्या परेको बेलामा मुक्त हुन सकियो भने मजा आउँछ ।
१७. जिन्दगीमा भुल्नै नसकेको दुखकोे क्षणलाई सम्झिदा ?
– बुवा आमालाई छोडेर भागी विवाह गरेको क्षण ।
१९. कहिले काहीँ यो सरकारी जागिर किन खाईएछ जस्तो लाग्दैन ?
– कहिले काही लागछ, आफनो घर परिवारलाई समय दिन नसक्दा दिक्क होइन्छ , टेन्सन त हुन्छ किन खाएछ यो सरकारी जागिर जस्तो लाग्छ ।
२०. यदि मरेर भुत भएसी कस्लाई तर्साउनु हुन्छ ?
– हा हा हा ….भुत हुनछु कि नाई त्यो त मलाई नै थाहा छैन । यदि भईहाले भनेपनि कस्लाई तर्साउने भनेर सोच्नु पर्छ ।
प्रस्तुती  यज्ञ खत्री




फेसबुकबाट तपाईको प्रतिक्रिया