सुर्खेतमा सुरु सोफा सेटको होलसेल सोरूम, झन्डै एक करोड लगानी


सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा सोफा सेट होलसेल सोरूम  सञ्चालनमा आएको छ। झन्डै एक करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको उक्त सोरूमले स्थानीय स्तरमा रोजगारी सिर्जनासँगै गुणस्तरीय फर्निचर सेवा प्रदान गर्ने लक्ष्य लिएको सञ्चालक विमल आले मगरले बताए ।

सोरूममा उपलब्ध सोफा सेटको मूल्य दश हजारदेखि एक लाख रुपैयाँसम्म र बेडको मूल्य १७ हजारदेखि ४५ हजार रुपैयाँसम्म रहेको सञ्चालक आलेले जानकारी दिए।

ग्राहकले आफ्नो आवश्यकता र बजेट अनुसार विभिन्न डिजाइन र क्वालिटीमा फर्निचर छनोट गर्न सक्ने बताए ।

सोरूमको उद्घाटन सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले गरेका थिए।

वीरेन्द्रनगरलाई रोजगारी सिर्जना गर्ने थलो बनाउने उद्देश्यले व्यवसाय विस्तार भएकोमा खुसी व्यक्त गर्दै संघबाट सक्दो सहयोग गर्ने प्रतिविद्धतासमेत अध्यक्ष कँडेल जनाए। साथै उनले सञ्चालकलाई संघको सदस्यता लिएर संस्थागत रूपमा अगाडि बढ्न आग्रह गरे ।




फेसबुकबाट तपाईको प्रतिक्रिया