दल्ली स्वास्थ्य शाखामा आइरन र क्याल्सियमकाे अभाव

टुकमाया घर्ती  जाजरकोट –

नलगाड नगरपालिका स्वास्थ्य शाखामा आइरन र क्याल्सियमकाे अभाव भएको छ । करिव १५दिन देखि आइरन सकिएकाे हाे ।औंषधी अभाव भएपछि त्यहाका गर्भवती तथा सुत्केरी मारमा परेका हुन्।

नलगाड नगरपालिका ४ की भावना वली ५ महिनाकी गर्भवती हुन्। १ महिना जति भयाे गर्भवती तथा सुत्केरीले औषधी नपाएको लहँ स्वास्थ्य चाैकीकी स्टाफ नर्स निर्मला सिहंले बताइन् ।दल्ली शाखामा पटक पटक जानकारी दिदा पनि औंषधी नपाइएको बताउँछिन् ।

नलगाड नगरपालिका ४की भावना वली ५महिनाकी गर्भवती हुन् ।चेकजाँचगर्न लँहकाे स्वास्थ्य चाैकी जान्छिन् तर औषधी नपाएर २पटक रित्तै फर्किएको गुनासाे गर्छिन् । वरपरका वडामा कैना ३ , थाप्ला ६ , रानीखेत ५ र दल्ली ७ काे स्वास्थ्य शाखामा पनि औंषधी पाइएकाे छैन् ।

यत्राे स्थानमा खाेज्दा पनि नपाएपछि कैनाकाे मेडिकलबाट महगाे पैसा तिरेर आइरन खाइरहेकाे बताउछिन्। नलगाड नगरपालिका ८की सुत्केरी कमला वि.क. आइरन लिन दल्ली गएर रित्ताे हात फर्किएको बताउछिन् वली र वि.क.त प्रतिनिधित्व गर्ने पात्र मात्र हुन् ।

नलगाडका स्वास्थ्य शाखामा नै आइरन र क्याल्सियम औंषधी अभाव भएको छ । नलगाड नगरपालिकाले औषधी नै खरिद गर्न स्रोत अभाव भएको हाे । औषधी अभाव भएको हाे हामी जसरी पनि अभाव पुर्ति गरेर समस्याको समाधान निकाल्छाै। १हप्तामै औंषधी खरिद गरेर अभाव भएको ठाउँमा परिपुर्ति गर्ने नलगाड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तप्त चनाराले बताए ।

हामीले अर्ध वार्षिक समिक्षामा छलफल गरेर आर्थिक स्रोत जुटाउने छाै ।अहिले मात्र ३हजार ट्याब्लेट आएकाेले समस्या भएको स्थानमा पठाइने याे औंषधी प्रयाप्त नहुने चनारा बताउँछन् ।नलगाड नगरपालिकामा १३वटै वडामा औंषधी अभाव भएकाे छ ।

केही वडामा आइरन बचेतापनि म्याद गुज्रिन १महिना मात्र रहेकाे नलगाड नगरपालिका १३ सिउनका स्वास्थ्य कर्मीले बताए । नलगाडका स्वास्थ्य शाखामा नै आइरन र क्याल्सियम औंषधी अभाव भएको छ ।

याे समस्या नलगाड नगरपालिका मात्र हाेइन जाजरकोट जिल्लाका सातै पालिका मा याे समस्या देखिएकाे हाे । कुशे गाउँपालिकाले भने याे समस्या देखिएकाे २हप्तामै खरिद गरेर सबै वडामा पुर्याइसकेकाे हाल प्रयाप्त मात्रामा रहेकाे गाउँपालिका अध्यक्ष हरिचन्द्व बस्नेतले जानकारी दिए।

जिल्ला स्थित भेरीनगरपालिकामा पनि आइरन र क्याल्सियमकाे अभाव रहेकाे सुचना अधिकारी कृष्ण बहादुर खत्रीले जानकारी दिए। गर्भवती तथा सुत्केरी भएको ४५ दिनसम्म नियमितरुपमा आइरन र क्याल्सियम खानुपर्छ ।

आइरन र क्याल्सियमले अभाव भएमा रगतकाे कमीहुने,बच्चाको ताैलमा वृद्धि नहुने ,कम ताैलकाे बच्चा जन्मिने ,मधुमेहकाे समस्या, कमजाेरीपन, आमा र बच्चाको स्वास्थ्यमा असर पर्ने डाक्टर विशाल उप्रेतीले बताए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया