सुर्खेत
नेपाल चिकित्सक संघको अगुवाईमा प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिकित्सकहरुले ओपिडी सेवा वन्द गरेर विरोध जनाएका छन् ।
आवासीय चिकित्सकलाई सरकारी आठौं तह सरह निर्वाह भत्ता दिने निर्णय कार्यान्वयनमा नभएको भन्दै चिकित्सकहरु विरोधमा उर्तिएका हुन ।
हातमा प्ले कार्ड लिएका उनीहरुले आफुहरुको माग तत्काल सम्वोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।
नेपाल चिकित्सक संघका बरिष्ठ उपाध्यक्ष सोजन सापकोटाले समय अनुसार चिकित्सकको सेवा सुविधा बृद्धि गर्नुपर्ने बताए ।
चिकित्सकहरु लामो समयदेखि शोषनमा परीरहेका छन्, उनले भने, उपयुक्त तलव, सेवा सुविधा र काम गर्ने वातावरण छैन ।
मेडिकल अधिकृतहरुले पाउने निर्वाह भत्ता एकदमै न्युन रहेकोले त्यसलाई बढाउनु पर्नेमा सापकोटाले जोड दिए ।
न्युन सेवा सुविधाले गर्दा आफुहरुलाई जीवनयापन गर्न कठिन भइरहेका चिकित्सकहरुले बताए ।
नेपाल चिकित्सक संघले २४ घण्टाभित्र चिकित्सकमा माग सम्बोधन नभएमा देशभरिका आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पाने चेतावनी दिएको छ ।
उपचारको लागि आएका विरामीहरुले चिकित्सका मागहरु तत्काल पुरा गरी चिकित्कहरुलाई काम गर्ने वातावरण बताउन सरकारसँग जोडदार माग गरेका छन् ।
राराखबर । २०८२, १२ बैशाख शुक्रबार