सुर्खेत, ९ भदौ ।
सत्तारुढ कांग्रेसको मन्त्री विवाद टुंगिएको छ ।
विहिवार बिहान पार्टी सभापति शेरवहादुर देउवा निवासमा बसेको बैठकले संस्थापन पक्षबाट ८ र पौडेल पक्षबाट ५ जनालाई मन्त्री बनाउने टुंगो लगाएपछि विवाद समाधान भएको हो ।
विवाद मिलेपछि बरिष्ठ नेता रामचन्द्र पौडेल आफनो पक्षवाट मन्त्री ५ जनाको नाम सिफासिर गर्नु भएको छ ।
पौडेलले कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु हृदयराम थानी, दिपक गिरी, नविन्द्रराज जोशी र रोमी गौचन थकालीलाई सिफारिस गर्नु भएको छ ।
संस्थापन र पौडेल पक्षबाट मन्त्रीको संख्या टुंगो लागेपनि कसलाई कुन मन्त्रालय दिने भन्ने बिषय टुंगो लागेको छैन ।
कसलाई कुन मन्त्रालय दिने भन्ने बिषयमा टुंगो लगाउनको लागि छलफल भैइरहेको केन्द्रिय सदस्य नविन्द्रराज जोशीले बताउनु भयो ।
पार्टीको आन्तरिक विवादका कारण कांग्रेसले मन्त्री छान्न नसकेपछि बुधबार गर्ने भनिएको मन्त्रिपरिषद्को विस्तार पनि रोकिएको थियो ।
कांग्रेसबाट मन्त्रीको टुंगो लागेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सम्भवत शुक्रबार मन्त्रिपरिषद्को विस्तार गर्नेछन ।
कांग्रेस सभापति देउवा उपचारको लागि शुक्रबारै सिंगापुर जाने वताएको छ ।गृह, भौतिक पूर्वाधार तथा यातायात, रक्षा, स्वास्थ्य, परराष्ट्र, सामान्य प्रशासन, सहरी विकास, संस्कृति तथा पर्यटन, सिंचाइ, श्रम तथा रोजगार, बन, शान्ति तथा पुनर्निर्माण, सहकारी तथा गरिबी निवारण मन्त्रालय कांग्रेसको भागमा परेको छ। खानेपानी मन्त्रालय प्रधानमन्त्री दाहालले सानो दलका लागि कांग्रेससँग भागेपछि उक्त मन्त्रालयको सट्टा उद्योग मन्त्रालय कांग्रेसले पाउन सक्नेछ।
राराखबर । २०७३, ९ भाद्र बिहीबार