नलसिंहगाड जलविद्युत आयोजना बाँधस्थल जोड्ने पहुँच मार्ग निर्माण

बद्री पन्त
जाजरकोट

जाजरकोटमा बन्न लागेको ४ सय १७ मेघावाट नलसिंहगाड जलविद्युत कम्पनीको बाधस्थल जोड्ने ११ किलोमिटर पहु“च मार्ग सडक निर्माणको काम सम्पन्न भएको छ । सडक निर्माण भएपछि यातायातका साधन सन्चालनमा आएका छन् । पहँुच मार्ग निर्माण भएपछि स्थानीयबासी निकै हर्षित भएका छन ।
नलगाड नगरपालिका लहँ ६, कालीमाटी देखि बारेकोट गाउँपालिका ८, सक्ला लैखम अधेरी खोला सडक निर्माण भएको हो । ११ किलोमीटर दुरीको पहु“च मार्गमा रहेको कडा चट्टान बलास्टिङ्गको माध्यमले निर्माण कार्य भएको थियो । निर्माण व्यवसायी रत्न खड्काले सडक निर्माणको काम सकिएको र खारा खोलामा पक्की पुल निर्माणको काम बाँकी छ, यो काम अगाडि बढेको छ उहाँले बताउनु भयो ।


पहिले मान्छे हिड्नलाई साँघुरो बाटो थियो, सामान ओसार पसार गर्न आफ्ठेरो हुन्थ्यो । यति छिटै गाडी पुग्ला भन्ने सोचेका थिएनौं । यातायातको पहुँच पुग्यो हामी निकै खुसी छौ । आफ्नै घर आँगनमा गाडी गुडेको देख्ने वषौंदेखिको सपना पुरा भएको बारेकोट ८ लैखमका हरीबहादुर खत्रीले बताउनु भयो ।
कडा चट्टान अफ्ठेरो बाटो थियो बारेकोटबासीलाई अब सजिलोको स्थानीयको भनाइ छ । सडक निर्माण भएपछि बारेकोटसम्म दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै सजिलो भएको लालबहादुर खत्रीले बताउनु भयो ।
पहु“च मार्ग निर्माणको जिम्मा लामा-खड्का कृष्ण-गाल्भा जे.भी कन्ट्रक्सन प्रा लि काठमाडौले ४४ करोड लागतमा उक्त निर्माण कार्य तीन बर्ष लगाएर सम्पन्न गरेको हो ।


पहँच मार्ग निर्माण भएपछि बारेकोट गाउँपालिकाका २५ हजार बासिन्दालाई सहज सुविधा पुगेको हो । सक्ला, नायकबाडा, रोकायगाउ, रामीडाडा र लह“का स्थानीयले सदरमुकाम खलंगा, दल्ली, कालीमाठी लगाएत बजार तर्फ आवतजावत गर्ने एक मात्र उक्त बाटो हो । सडक निर्माण भएपछि दैनिक उपभोग्य बस्तुको ढुवानी गर्न सहज भएको बारेकोट गाउँपालिका ८ का वडा सदस्य मानबहादुर सिंहले बताउनु भयो ।
अहिले कालिमाटी देखि बारेकोट लिम्सासम्म यातायातका साधनहरु सन्चालनमा आएका छन । पहँच मार्ग सडक निर्माण भएपछि नलगाड कम्पनीको कामले गती लिने बताइएको छ । सडक सञ्जाल नजोडिएको बारेकोट गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । साथै दुर्गम गाउँहरुमा दैनिक उपभोग्य मालसामान ढुवानी गर्न धेरै सहज सुविधा पुगेको छ । दुईर तीन दिन पैदल हिँडेर सदरमुकाम खलंगा पुग्नुपर्ने वाध्यतामा रहेका वारेकोटवासी गाडी पुगेपछि निकै खुसी भएका छन् । भौगोलिक विकटता, गरिवी र सधैं खाद्य संकट व्यहोरिरहेको वारेकोट गाउँपालिकामा सडक पहुँच पुगेपछि खाद्यन्न ढुवानीमा सहजता आएको छ । जिल्ला सदरमुकाम खलंगाबाट कालिमाटी, सिर्के, सक्ला, लिम्साहुँदै घाट बजारसम्म नियमित यातायात सेवा सन्चालनमा आएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया