घुस लिदै गर्दा १० जना कर्मचारीलार्इ पक्राउ

सुर्खेत २६, असार ।76453c376d59367c84ef7f25e7e5601f

अख्तियारको क्षेत्रिय कार्यालय सुर्खेतले चालु आर्थिक वर्षमा सेवाग्राहीसंग घुस लिदै गर्दा १० जना कर्मचारीलार्इ पक्राउ गरेको छ।

कार्यालय प्रवक्ता जंगबहादुर डांगीले उनीहरुबाट ८ लाख ९९ हजार रुपैयाँ बरामद गरिएको जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा ८ जना कर्मचारीलार्इ घुस लिदै गर्दा पक्राउ परेकोमा यो आर्थिक वर्षमा दुर्इ जना बढी पक्राउ परेका हुन

कार्यालय यो वर्ष १३ वटा मुद्धामा १८ जनालार्इ प्रतिवादी बनार्इ बिशेष अदालतमा मुद्धा दर्ता गरेको प्रवक्ता डांगीले बताउनु भयो ।

क्षेत्रिय कार्यालय र सम्पर्क कार्यालय कोहलपुरबाट समेत गरी एक करोड दुर्इ लाख रुपैया पनि असुल उपर गरिएको कार्यालयको भनार्इ छ ।

गत आर्थिक वर्षमा ५० लाख ४९ हजार असुल उपर भएकोमा यसपाली दोब्बर बढी असुल उपर भएको छ ।

यसैगरी कार्यालय ९१८ वटा पुराना सहित दुर्इ हजार ४३ उजुरी मध्य १६ सय उजुरीको टुंगो लागेको छ । बाँकी ४४३ वटा उजुरीमाथि छानबिन भर्इरहेको छ ।

बिषयगत रुपमा कार्यालयमा शिक्षा क्षेत्रका सबैभन्दा बढी ४० प्रतिशत उजुरी परेका छन भने स्थानिय विकासका १८ प्रतिशत र वन सम्बन्धि १४ प्रतिशत रहेका छन।

यस्तै चालु आर्थिक वर्ष बाँकेका सबैभन्दा बढी ६५ वटा उजुरी दर्ता भएका छन भने कालीकोटका ५९ जाजरकोटका५२ तथा सुर्खेत र दाङका समान ४६ वटा उजुरी परेका छन।

यो क्षेत्रमा प्यूठानका सबैभन्दा कम दुर्इ वटा उजुरीमात्र दर्ता भएको कार्यालयको तथ्याँक छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया