सुर्खेतमा विपद पूर्वतयारी कार्यशाला

9_114159

कार्यशालामा विपदको पुर्व तयारीवारे जानकारी दिदै क्षेत्रीय स्वास्थ्य निर्देशक भोगेन्द्रराज डोटेल ।

सुर्खेत २५, असार ।
भुइँचालो, वाढी पहिरो, आगलागी, झाडापखाला लगायतका विपदवाट कसरी जोगिने भनेर पूर्व तयारी सुरक्षासम्वन्धी दुई दिने कार्यशाला वीरेन्द्रनगरमा सुरु भएको छ ।
कार्यशालामा मध्यपश्चिमका निमित्त क्षेत्रीय प्रशासक नारायण सापकोटाले सवै निकायवीच पूर्व तयारी र समुन्वय भएपछि मात्र विपदमा परेका व्यक्तिलाई छिटो उद्धार गर्न सकिने वताउनु भयो ।
यस्तै क्षेत्रीय स्वास्थ्य निर्देशक भोगेन्द्रराज डोटेलले विपदको वेला महिला, वालवालिका, जेष्ठ नागरिक वढी जोखिममा पर्ने भएकोले उनीहरुको सुरक्षालाई ध्यान दिएर विपद व्यवस्थापनको योजना वाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रमा स्वास्थ्य सेवा विभागका दिपेन्द्ररमण सिह, क्षेत्रीय अस्पतालका सुपरिटेन्डेन्ट डम्वर खड्का, राप्ती अञ्चल अस्पतालका सुपरिटेन्डेन्ट डा. भोलाराम श्रेष्ठ लगायतले आउन सक्ने सम्भावित विपदलाई सामना गर्नको लागि पूर्व तयारी योजना हुनुपर्नेमा जोड दिनुभयो ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोजना गरेको कार्यशालामा मध्यपश्चिम क्षेत्रका स्वास्थ्य कार्यालय, पशु सेवा कार्यालयका कर्मचारीको सहभागीता क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतका शाखा अधिकृत खेमराज उपाध्यायले वताउनु भएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया