सुर्खेत २५, असार ।
वीरेन्द्रनगर जेसीज वर्ष २०१६ को ले वीरेन्द्रनगरमा नेतृत्व विकास सम्वन्धी तालिम दिएको छ ।
समाज रुपान्तरणका लागि युवाहरुको नेतृृत्व विकास गर्ने उदेश्यले तालिम आयोजना गरिएको हो ।
तालिममा नेपाल जेसीज वर्ष २००५ का राष्ट्रिय अध्यक्ष गेहेन्द्रप्रसाद दाहालले युवाहरुमा आफ्नो निर्णय आफै गर्ने क्षमताको विकास गर्नु पर्ने भन्दै आफ्नो भविष्य बनाउनका लागि युवा आफैले निर्णय लिनुपर्ने वताउनु भयो ।
उहाँले कसैलाई भगवान मान्नुको साटो आफूलाई भगवानका रुपमा लिएर नेतृत्व क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभयो
कार्यक्रममा वीरेन्द्रनगर जेसीज वर्ष २०१२ का अध्यक्ष भद्र भण्डारीले युवाहरु विकासका सम्बाहक भएको भन्दै युवाहरु आफुभित्रको प्रतिभाको उजागरका लागि तत्पर हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको उद्घाटन सत्रमा सुर्खेत महिला जेसीज वर्ष २९१५ का अध्यक्ष शुष्मा गिरी (केसी) लगायतले आफ्नो भनाई राख्नु भएको छ ।
वीरेन्द्रनगर जेसीजका पूर्व अध्यक्ष हरिहर बस्नेत, उपेन्द्र सुवेदीले प्रशिक्षण दिनु भएको तालिममा ५० जना बढी युवाहरुको सहभागिता रहेको छ ।
तालिम वीरेन्द्रनगर जेसीज वर्ष २०१६ का अध्यक्ष भिम केसीको अध्यक्षतामा भएको हो ।
राराखबर । २०७३, २५ असार शनिबार