विरुवा रोपौ हरियाली वढाऔ

20160709_084209

विरुवा लगाउने तरिका सिकाउदै जिल्ला वन अधिकृत हेमराज विष्ट ।साथमा सहायक जिल्ला वन अधिकृत सुर्य शर्मा लगायत ।

20160709_084410

विरुवा रोप्दै समाजसेवी निलकन्ठ खनाल ।

20160709_085532

विरुवा रोप्दै सामुदायिक वनका उपभोक्ताहरु ।

20160709_090703

विरुवा रोपेपछि सामुहिक तस्वीर खिचाउदै सामुदायिक वनका उपभोक्ताहरु ।

सुर्खेत २५, असार ।
सुर्खेतको वीरेन्द्रनगरमा ३ मा रहेको जनजागरण सामुदायिक वनमा विभिन्न जातका विरुवा रोपिएको छ ।
एसओएस वालग्राम नजिकैको वनमा अमला, वकाइनो लगायत विभिन्न जातका विरुवा रोपिएको सामुदायिक वनका अध्यक्ष कृष्ण गौतमले वताउनु भयो ।
बृक्षारोपनको उदघाटन गदै जिल्ला वन अधिकृत हेमराज विष्टले वनको संरक्षण गर्नको लागि उपभोक्ता आफै जुटनु पर्नेमा जोड दिनुभयो ।
विरुवा लगाउदा पानी जम्ने गरी लगाउन नलगाउन पनि उहाँले उपभोक्तालाई सुझाव दिनुभयो ।
कार्यक्रममा जिल्ला भु संरक्षण कार्यालयका प्रमुख, समाजसेवी निलकन्ठ खनाल, भैरव सामुदायिक वनका अध्यक्ष अमर कार्की लगायतले आफनो भनाई राख्नु भएको छ ।
बृक्षारोपन कार्यक्रमा करिव सय जना भन्दा बढी उपभोक्ताको सहभागीता रहेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया