शिवालयमा ५ किलोमिटर पर्यटन मार्ग

बद्री पन्त
जाजरकोट २७, असार ।
जाजरकोटको शिवालय गाउँपालिका ७, शिवालय देखि छेडागाड नगरपालिका -२,को सुयाडा जोड्ने पर्यटन सडक निर्माण कार्य अगाडि बढेको छ । ३० किलोमिटर लम्बाईको यो सडकको ५ किलोमिटर सडक निर्माण भएको हो ।
६ मिटर चौडाइको यो सडक उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको ५० लाख अनुदान र स्थानीयको १० लाख श्रमदानबाट सडक निर्माण भएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष भक्तबहादुर शाहीले बताउनु भयो ।


दैलेखको सिमाना हुदै जुम्ला जोड्ने पर्यटन सडक हो । यो सडक निर्माण भएपछि जाजरकोट, दैलेख र जुम्लाका स्थानीयबासीलाई सहज हुनुको साथै पर्यटन प्रर्वधनमा टेवा पुग्ने डिभिजन वन कार्यालय जाजरकोटका निमित्त डिभिजन वन अधिकृत महेश कुमाईले बताउनु भएको छ ।
यसैगरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशबाट जाजरकोट जिल्लाको भेरी नगरपालिकाको फेरा पर्सेनी पर्यटन सडकमा २० लाख, नलगाड नगरपालिकाको अवलगुर्ता फुन्द पर्यटन सडकमा ५० लाख, कुशे गाउँपालिको समाइला देखि हान्ने सल्ला पर्यटनमा ४० लाख, कुशेको अर्छानी नदैडाव जोड्ने पर्यटन सडकमा ५० लाख रकम विनियोजन गरेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया