असारमा मात्रै सुर्खेतमा १ अर्व ६२ करोड खर्च

सुर्खेत, ३१ साउन ।
मा सुर्खेतका सरकारी कार्यालयहरुले गत असार महिनामा पुजीगत तर्फको कुल रकमको झण्डै ५० प्रतिशत रकम खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
जिल्लामा रहेका ८० भन्दा बढी सरकारी कार्यालयले २ अरव ९८ करोड ६९ लाख मध्ये १ अर्व ६१ करोड ४२ लाख रुपैया खर्च गरेको कार्यालयले जनाएको हो ।
असर महिनामा मात्रै सवैभन्दा बढी भेरी ववई डाइभर्सन आयोजनाले ६८ करोड ३४ लाख, सिचाई विकास कार्यालयले १९ करोड ६७ लाख, डिभिजन सडक कार्यालयले १८ कारोड ३० लाख रुपैया खर्च गरेका छन ।
यस्तै मध्यपश्चिमभ सिचाई निर्देशनालयले १६ कारेड ६७ लाख, जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयले १२ करोड १३ लाख, सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले ८ करोड ८६ लाख, जिल्ला विकास समितिले ७ करोड ७४ लाख रुपैया खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
जिल्लामा गत आर्थिक वर्षमा पुजीगत तर्फ ३ अरव ६६ करोड आएकोमा २ अरव ९९ लाख रुपौया खर्च भएको छ ।
यस्तै चालुतर्फ ५ अरव ४ करोड आएकोमा ४ अरव ७२ लाख रुपैया खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।
चालु र पुजीगत तर्फ गरी १ अर्व ३३ करोड रुपैया फिर्ता भएको समेत कार्यालयले जानकारी दिएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया