बद्री पन्त
जाजरकोट ४, मंसिर
जाजरकोटमा अबैध सालको काठ सहित दुई जना पक्राउ परेका छन । ४३ थान सालको चिरान काठ सहित शिवालय गाउँपालिका–९ बालुवाका दलसिंह महतरा र गोपाल वुढालाई नियन्तणमा लिएर अनुसन्धान भइ रहेको भिडिजन वन कार्यालयका निमिक्त डिभिजन प्रमुख महेश कुमाईले बताउनु भयो ।
घर बनाउने प्रयोजनका लागि नाहाडा सामुदायिक वनबाट सालको काठ चोरी गरि ओसारपसार गरिरहेको विशेष सुचनाको आधारमा महतरा र वुढालाई पक्राउ गरेको कमाईले बताउनु भयो ।
४७.६२ क्युफिट अबैद्य सालको काठ सहित पक्राउ परेका महतरा र वुढालाई वन ऐन–२०७६ को दफा ४९ मा उल्लेख गरिएको कसुर बमोजिम वन मुद्धा लगाउनुको साथै सोही वन ऐनको दफा ५० ले गरेको व्यवस्था अनुसार सजाय गरिने डिभिजन वन निमित्त प्रमुख कुमाईको भनाई छ । पक्राउ परेका महतरा र वुढालाई हाल प्रहरी हिरासतमा राखेर आबश्यक अनुसन्धान भईरहेको छ ।
राराखबर । २०७६, ४ मंसिर बुधबार