मदिरा र जुवातास विरुद्ध आमा समुह

बद्री पन्त
जाजरकोट २ मंसिर ।
जाजरकोटका गाउँबस्तीमा मदिरा र जुवातासबाट हुने बिकृतिलाई रोक्न आमा समुहहरु सक्रिय छन् ।  हरेक गाउँ टोलमा सक्रिय आमा समुहको कारण आपराधिक गतिविधीका साथै घरेलु हिंसाका घटनामा समेतकमी आएको प्रहरी प्रशासनको भनाई छ ।
सधैजसो मदिरा र जुवाजातमा समय र पैसा खर्च गर्ने पुरुषहरु आमा समुहको अभियानपछि घरायसी काममा सघाउन थालेको महिलाहरु बताउँछन् ।
आमा समुहले पहिलो पटक मदिरा खाने र जुवातास खेल्नेलाई सम्झाउने बुझाउने र दोस्रो चोटी भेटाए पाँच हजार रुपैयासम्म जरिवाना गदै आएका छन् ।
आमा समुहले मदिरा र जुवातास बिरुद्ध सशक्त अभियान चलाएपछि गाउँबस्तीमा अपराधिक गतिविधीमा कमी आएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।

मदिरा र जुवातास विरुद्ध अभियान संचालन गरिरहेका नलगाड नगरपालिका -४, ध्वारका आमा समुहमा आवद्ध महिलाहरु ।

जुवातास र मदिराले गाउँघरमा विभिन्न विकृति ल्याएकोले त्यसलाई रोक्न अभियान थालेको आमा समुहमा आवद्ध महिलाहरु बताउँछन् ।
आमा समुहले जुवातास खेल्ने र जाँडरक्सी खानेलाई पहिलो पटक सम्झाउने र दोस्रो पटक भेटिए ५ हजार रुपैयासम्म जरिवान गदै आएको छ ।
जुवातास र मदिरामा समय र पैसा बर्वाद पार्नेहरु अहिले सुघ्रिएरको आमा समुहकी एकजना सदस्य हैकली कामी बताउँछिन् ।  आमा समुहले आ आफ्नो गाउँटोलमा जुवातास खेल्न, मदिरा उत्पादन र विक्रीमा रोक लगाएका छन् ।
आफुहरुको सक्रियताले गाउँघरको बातावरण शान्त हुदै गएको नलगाड नगरपालिका ६ थाप्लामा रहेको आमा समुहकी अध्यक्ष टीका खड्का बताउछिन् ।
जिल्ला समुन्वय समिति जाजरकोटका प्रमुख मनबहादुर रावलले जुवातास र मदिराबाट हुने बिकृति रोक्न महत्वपूर्ण भुमिका निर्वाह गदै आएका आमा समुहलाई सवैले सहयोग गरे गाउँघरलाई सधै शान्त राख्न सकिने दावी गर्छन् ।
गाउँटोललाई शान्त बनाउन महत्वपूर्ण भुमिका निर्वाह गदै आएका आमा समुहलाई प्रहरी प्रशासनका साथै स्थानीय तहले पनि साथ दिदै आएका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया