बरिष्ठ इन्जिनियर ओमदत्त रेग्मी साझा पार्टीको सुर्खेत संयोजक

सुर्खेत, १० भदौ ।
प्रदेश न ६ मा भर्खरै स्थापना भएको विवेकशिल साझा पार्टी संगठन विस्तारमा जुटेको छ ।
पार्टीले संगठन विस्तारको क्रममा शनिवार सुर्खेतको संयोजकमा बरिष्ठ इन्जिनियर ओमदत्त रेग्मीलाई चयन गरेको छ ।
रेग्मीले लामो समय तत्कालिन जिल्ला विकास समिति सुर्खेतमा काम गरेका थिए । स्वच्छ छविका रेग्मीलाई प्रदेश सदस्यमा पनि चयन गरिएको छ । कार्यक्रममा प्रदेश नम्बर ६ का संयोजक गेहेन्द्रप्रसाद दाहालले विवेकशिल साझा पार्टीले मात्रै मुलुकलाई सही मार्गमा हिडाउन सक्ने दावी गरे ।
दाहालले प्रदेशमा साझा पार्टीलाई पहिलो बनाउन संगठन विस्तारलाई तिव्र पारिने पनि बताए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया