सम्पदाको संरक्षण गरौं

कुशे गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
भार्मा,जाजरकोट
कर्णाली प्रदेश जनहितमा जारी सन्देश !!!
ऐतिहासिक कला, संस्कृती र अमुल्य सम्पदाको संरक्षण गरौं । विकास निर्माण कार्यमा सक्रिय सहभागिता जनाई सभ्य नागरीकको अभिभारा पुरा गरौं । जन्म, मृत्यु, वसाईसराई तथा सम्बन्ध विच्छेद जस्ता घटना वडा कार्यालयमा दर्ता गराउने गरौं । घटना घटेको ३५ दिन भित्र दर्ता गराउदा कुनै शुल्क लाग्ने छैन ।
पूर्वाधार विकास, विकासमा अर्थपूर्ण लागत सहभागिदा जसटाई आफ्नो गाउँटोलको विकास गरौं । आफ्नो घरआँगन सफा रारौं । घोरेटो तथा सडक बाटोमा जथाभावि व्यापारीक प्रयोजनाका सामान नराखौं ।


नियमित रुपमा कर तिरी असन नागरीकको परिचय दिऔं । भुकम्पीय जोखिम न्यूनिकरणका लागि भुकम्प प्रतिरोधात्मक घर तथा भवन निर्माण गरौं । अनावश्यक तरिकाले प्लाष्टिक झोलाको माग तथा प्रयोग नगरौं । प्रयोजनमा नआउने प्लाष्टिक झोलालाई संकलन गरी उपयुक्त ढङ्घले विसर्जन गरौं । व्यवसाय सन्चालन गर्दा गाउँपालिकामा दर्ता गराएर मात्र संचालन गरौं । घरेलु हिंसा विरुद्ध डटेर लडौं । सभ्य समाज निर्माणमा हातेमालो गरौं ।


१) संक्रामक रोग रेविजबाट बच्न र बचाउँन घरपालुवा कुकुरलाई सिक्री अथवा सांलोले बाधेर राख्ने र १ बर्षको अन्तमा रेविज विरुद्धको खोप लगाउने गरौं ।
२) बहुला कुकुर, स्याल, फ्याउरोले टोके पछि टोकेको घाउलाई जति सक्यो छिटो सावुन पानी अथवा सहन सक्ने तातोपानी र स्प्रीट, डिटोल जस्ता एन्टीसेटटीक औंषधीहरुले २०/२५ मिनेटको समयसम्म सफा गर्ने गरौं ।
३) घरमा आफुले पालेका गाई, भैसीहरुलाई चरचरे, भ्यागुते रोगबाट बचाउन बर्षको २ पटक ६ महिनाको फरकमा एच.एस÷बि.यू खोप लगाउने गरौं ।
४) भेडा बाख्राहरुलाई महाँमारी जन्य रोग पि.पि आरबाट बचाउन २ बर्षको फरकमा पि.पि आर खोप लगाउने गरौं ।
५) गाई, भैसी, भेडाबाख्रालाई स्वास्थ्य राख्न र उत्पादकत्व बढाउन आन्तरीक परजिविको औंषधी बर्षको २ पटक ६/६ महिनामा अनिबार्य खुवाउने गरौं ।

अध्यक्ष
हरिचन्द्र बस्नेत
कुशे गाउँपालिका भार्मा ६, जाजरकोट

श्याम कृष्ण पौडेल
प्रमुख प्रशासकीय अधिकृत
कुशे गाउँपालिका भार्मा ६, जाजरकोट




फेसबुकबाट तपाईको प्रतिक्रिया