क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग

बैदेशिक रोजगारीमा रहेका जाजरकोटका युवा विनोद रावल र कृष्ण थापाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि आर्थिक सहयोग गरेका छन् ।
नलगाड नगरपालिका घर भएका उनीहरु दुवै जनाले १० -१० हजार रुपैया सहयोग गरेको जनाएका छन् ।
बैदेशिक रोजगारको सिलसिलामा अहिले मलेसियामा कार्यरत उनीहरुले क्रिकेट रंगशाला नेपाल र नेपालीको गहनाको रुपमा रहेको भन्दै अरुलाई पनि सहयोग गर्न आग्रह गरेका छन् ।


सामाजिक सेवामा निकै सक्रिय विनोदले यसअघि समस्यामा परेका विभिन्न व्यक्ति र संस्थालाई निरन्तर रुपमा आर्थिक सहयोग गदै आएका छन् ।
हप्तादिन अघि उनले जाजरकोटको एउटा विद्यालयलाई पाँच हजार रुपैया सहयोग गरेका थिए ।
अर्कोको भूमिका गएर पसिना वगाएपछि आफ्नो गाउँ ठाउँको लागि केही न केही गर्नु पर्छ भन्ने भावनावाट प्रेरित भएर सहयोग गर्न अग्रसर हुँदै आएको उनीहरु बताउँछन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया