डिभिजन वन कार्यालय सुर्खेतको प्रस्ताव आवह्वान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशितमिति २०७५।१०।१४
यस कार्यालयको आ.व. ०७५/०७६ को स्वीकृत बाषिर्क कार्यक्रमअनुसार जडिवुटी पकेट क्षेत्र साविकधारापानी, मालारानी र सहारे र चिङ्गगाडमा सहकारी मार्फत खेतीविस्तार, उत्पादन, प्रशोधन, भण्डारण लगाएतका विभिन्न कार्यहरु अनुदानद्धारा संचालन गर्नुपर्ने भएकोले अनुदानका लागि इच्छुक व्यवसायी, उद्यमी, सहकारी, सामुदायिक तथा कबुलीयती वन समुह वा जडिवुटी तथा गैरकाष्ठ व्यवसायमा संलग्न किसानहरुले प्रभाव राष्ट्रिय दैनिक पत्रिकामा प्रथम पटक सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र तोकिएको ढाँचा अनुसारको शिलवन्दी प्रस्ताव पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ । थप जानकारी चाहिएमा कार्यालय समय भित्र यस कार्यालयमा वा फोन नं. ०८३–५२०२५४ मा सम्पर्क गर्नुहुन समेत अनुरोध छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया