पत्रिकाको हकरवाट कसरी करोडपति भए उदिराम डाँगी हेर्नुहोस सफलताको रहस्य

12813952_107391556323886_8862594353182538515_nसुर्खेत, ३२ साउन ।
सुर्खेतकै कहलिएको सिस्ने पुस्तक पसलका संचालक उदीराम डाँगीले जिरोवाट जिरोवाट व्यवसाय सुरु गरेर हिरो वन्न सफल हुनु भएको छ । पत्रपत्रिकावाट बेचेर व्यवसाय सुरु गर्नु भएका उहाँले अहिले करिव ६० जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिनु भएको छ । प्लस टु पढनको लागि सुर्खेतको वीरेन्द्रनगर आउनु भएका डागीले २० वर्षको उमेरमा व्यवसायमा हात हाल्नु भएको थियो । व्यवसायप्रतिको निरन्तरता र इमानदारिताले उहाँले पुस्तक पसलवाट राम्रो आम्दानी मात्र गर्नु भएन सुर्खेतकै एउटा सफल व्यवसायीको पहिचान पनि वनाउनु भयो ।
पुर्खेली घर रुकुम भएका डाँगीले २०५५ सालवाट पत्रिकाको हकरवाट व्यवसाय थाल्नु भएको थियो । अहिले वीरेन्द्रनगर ९ क्याम्पस लाइमा सिस्ने पुस्तक पसल संचालन गदै आउनु भएका डाँगीसँग परिश्रमविना सफलता र उपलव्धी हासिल गर्न नसकिने अनुभव छ ।
पत्रिकाको हकरवाट व्यवसाय सुरु
हकरवाट व्यवसाय सुरु गरेको हुँ । सुर्खेत र काठमाडौ वाट प्रकाशित हुने विभिन्न पत्रपत्रिका सरकारी कार्यालय, संघसंस्था र व्यक्रि काँहा पुरयाउने गर्थे । सुर्खेत पोष्ट, जनसाचो, देउती काठमाडौवाट आउने जनदेश, जनआव्हान, घटना र विचार, साप्ताहिक विर्मश लगायतका पत्रपत्रिका वेच्थे । त्यसपछि २०५५ वैसाख महिनामा वसपार्कमा एकजना पोख्रेलवाजेको घुम्ती भाडामा लिएर पत्रपत्रिका वेच्न थाले । महिनाको २ सय रुपैया भाडा थियो । त्यसभन्दा अघि गाडीमा गएर, चोकहरुमा वसेर खुला रुपमा पत्रिका वेच्थे । न्यप्रभात पुस्तक पसल, संगम पुस्तक पसल, मिलन पुस्तक पसल लगायतका पुस्तक पसलवाट पत्रिका लिएर वेच्थे ।
एसएलसी पास गरेपछि २०५३ सालमा उदीराम डाँगी सुर्खेतमा आइएसी पढ्न आउनु भएको थियो । जन उच्च माध्यामिक विद्यालयमा आइएसी पढनको लागि भर्ना भएपछि आर्थिक समस्याले गर्दा पढाई अधुरै रह्यो । त्यतिवेला विभिन्न आरोपमा प्रहरी प्रशासनले उहाँलाई प्रक्राउ गरी दुख दिन थाल्यो । त्यसले गर्दा पनि उहाँले आइएसीको पढाई पुरा गर्न सक्नु भएन । अनि पत्रिकाको हकर हुन वाध्य हुनुभयो । आइएसीको पढाई पुरा नभएपछि वीरेन्द्रनगर वहुमुखी क्याम्पसमा आए पढनको लागि भर्ना भए । कलेज पढ्न जादा झोलामा हिमाल, नेपाल, मुल्याकन लगायतका पाक्षिक, मासिक जस्ता पत्रपत्रिका लिएर वेच्थे । पत्रिका वेच्दा धेरैले रेस्पेक्ट गर्नु हुन्थ्यो भने कतिपयले इन्सल्ट पनि हुनुहुन्थ्यो । तर मैले पत्रिका वेचेरै दिनमा २÷३ सय रुपैया कमाउथे । त्यसैवाट गुजरा चलाउथे ।
२०५८÷५९ सालमा व्यापार व्यवसाय एकदमै वृद्धि भयो । क्याम्पस पनि नजिक भएर होला राम्रो व्यापार हुन्थ्यो । पत्रपत्रिका वेच्दा वेच्दै त्यतिवेला कापी कलम पनि वेच्न थाले । विस्तारै क्याम्पसका कितावहरु पनि वेच्न थाले । विद्यार्थीको लागि चाहिने सवै कितावहरु राखेको हुनाले पसल एकदमै चल्न थाल्यो । त्यसपछि टियूवाट विद्यार्थीको परिक्षा फर्म भरिदिने, माइग्रेसन, टान्सक्रिप्ट आदि पनि ल्याउन थाले । एसएलसी परिक्षा वोर्ड, सिटीइभिटीइ, मेडिकल काउन्सिल, नागरिक लगानी कोष, कर्मचारी विमा संस्थानवाट जो अरु व्यक्तिले पनि ल्याउन सकिने काम गरियो । विद्यार्थी काठमाडौ जादा आउदा वीसै हजार रुपैया लाग्ने ठाउँमा २÷३ हजारमै काम हुन्थ्यो ।
गोरखापत्र टनिङ्ग प्वाइन्ट
जिरो लगानीवाट व्यवसाय सुरु गरेको हुँ । तर २०५५ सालको एसएलसीको रिजल्ट मेरो लागि कोसे ढुंगा भयो । किनकी त्यतिवेला परिक्षाको नजिता हेर्न धेरै दिन कुर्नु पथ्र्यो । भनेको वेला पत्रिका पाइदैन्थ्यो । गोरखापत्र पनि समयमै आउदैन्थ्यो । परिक्षाको रिजल्ट आउन वित्तिकै जुम्ला घर भएका एकजना सरकारी कर्मचारीले गोरखापत्र ल्याएर सुर्खेत आउनु भएको रहेछ । रिजल्ट छापिएकै दिनमा काठमाडौवाट प्लेनमा उहाँ वीरेन्द्रनगर आउनु भएको थियो । त्यो कुरा थाहाँ पाएपछि मैले उहाँवाट ५० रुपैयामा गोरखापत्र किने । गोरखापत्र आएको कुरा एकाएक फैलिएछ । रिजल्ट हेर्ने मान्छेको भीड थामि नसक्नु भयो । पास भएको व्यक्तिवाट ५ रुपैया लिन थाले । फेल भएको वाट लिएन । बसपार्कको पसलमा भीड थाप्न नसकेपछि खुला मञ्चमा गएर रिजल्ट हेर्न थाले । अरु साथीहरुले पनि मलाई सहयोग गर्नुभयो । त्यतिवेला ३ हजार ५ सय रुपैया आम्दानी भयो । यसवाट मैले व्यवसायमा ठुलो फड्को मारे ।
घुम्तीको व्यवसाय राम्रो चलेको देखेर विराटनगर, वीरगञ्ज, नेपालगंजका ठुला व्यापारीले मलाई सामानहरु पठाउन थाल्नुभयो । विश्वास वढदै गयो । २०६२ सालतिर प्राइम वहुउदेशिय सहकारी संस्थावाट ३५ हजार रुपैया ऋण ल्याए । मानिकेज व्रादर्सको संचालक जमानी वसेर ऋण निकाल्नु भयो । सहकारीको उत्कृष्ट वचतकर्ता पनि थिए । ५ हजार रुपैया वचेर समेत गरेर ४० हजार रुपैया ल्याएर पसल अझ वढाए । त्यसपछि पुस्तक पसल एकाएक चम्कियो । दिनमा एक लाख रुपैयासम्मको व्यापार हुन थाल्यो । त्यसको आम्दानीले जग्गा किने । वस्नको लागि घर पनि वनाए । देउती वज्यै मन्दिर नजिकै थियो । तर पसल आउन जान असजिलो भएपछि क्याम्पस रोडमा घर किने । त्यतिवेला १३ लाखमा घर किनियो । ५ लाख रुपैया थपे । २ कठठा जग्ग र त्यसमा वनेको घर दिए ।

अहिले १०÷१२ ठाउँमा लगानी छ । काही सिंगल छु । काहि साझेदारीमा छु । २ करोड ५० लाख रुपैयाको पसल छ । एक करोड जति औद्योगिक क्षेत्रमा कापी उद्योगमा लागनी गरेको छु । पुगनपुग १ करोड रुपैया भ्याली भ्यु कजेटमा लगानी गरेको छु । अरु विभिन्न ठाउँमा गरी २ करोड भन्दा बढी लगानी छ । डेढ करोडजति वजारमा उठाउन पनि होला । अहिले करिव ७÷८ करोडको सम्पति होला । सवै ठाउँमा गरी करिव ७० जना जतिलाई रोजगारी दिएको छु ।
सफलताको रहस्य
त्यतिवेला १७÷१८ घण्टा काम गर्थे । काम त अहिलेपनि त्यति नै समय गर्छु । २० वर्षको व्यवसायीक अनुभव के छ भने श्रम नगरेसम्म, पसिना नवगाएपछि उपलव्धी हासिल हुदैन । मान्छे सफल पनि हुदैन । मुख्य कुरा आत्म विस्वास पनि रहेछ । अर्को कुरा व्यवसायमा इमानदारिता पनि चाहिदो रहेछ । पसिना वगायो भने लगानी पनि जुटदो रहेछ । श्रम, इमादारिता र आत्मविश्वसलाई सगसगै अघि वढायो भने लगानी त्यसै पनि जुटदो रहेछ । मलाई यो अवस्थामा ल्याई पुरयाउनको लागि मरो श्रीमतिको ठुलो हात छ । यो सवै श्रीमतिकै देन हो भन्दा पनि हुन्छ । घरको पुजीले हैन, अरुको विश्वास जितेर यो अवस्थामा आइपुगेको छु
भावि योजना
मैले हाइडोमा भविस्य देखेको छु । हाइडोमा लगानी गर्ने योजना छ । हाइडोमा सुरक्षित लगानी छ । त्यसभन्दा अघि कृषिमा लगानी गर्छु । एक दिन त्यस्तो अवस्था पनि आउने छ । उत्पादको लाग हामीसगँ वीउ पनि हुने छैन । विउ समेत विदेशवाट ल्याउनु पर्ने अवस्था सृजना हुनसक्छ । त्यसैले कृषिमा अव हामी लाग्नुपर्छ । यदि कृषिमा लागिएन भने र राज्यले पनि कृषिको विकासमा ध्यान दिन सकेन भने वीउमा परनिर्भर हुदा हाम्रो अर्थतन्त्र कहाँ पुग्छ विचारणिय कुरा छ । नाकावन्दीका कारण तेल ग्यास नपाएर जसरी हाहाकार भयो एक दिन वीउ नपाएर पनि त्यसै हाहाकार हुन सक्ने अवस्था सृजना हुन सक्छ ।
आतंककारीको विल्ला भिडाएर २ महिना प्रहरी हिरासतमा राखियो  । २ वर्षको हुदा आमा वित्नु भयो । आमाको माया पाइन । फुपुहरु र मामाले हुर्काउनु भयो । आइएसी पढनको लागि सुर्खेत आएपछि प्रहरी प्रशासनकाले धेरै दुख दियो । आतंककारीको विल्ला भिडाएर २ वर्ष प्रहरी हिरासतमा राख्यो । पढदा पढदै प्रक्राउ परेपछि पढाई विग्रीयो । म सगँ मेरो भन्ने केही भएन । देखाउने सम्पति नहुदा वैकले पनि पत्याएनन् । लगानी गर्नको लागि धितो राख्ने सम्पति नभएपछि वैकले पनि पत्याएन । त्यसैले चाहादा चाहादै पनि लगानी गर्न सकिएन । तर अहिले समय फेरिएको छ । वैकहरुले चाहेको वेला ऋण दिन्छन । लगानी गर्न चाहाने हो भने बैकहरुले पत्याउछन ।
वैकको लगानी फजुल खर्चमा
एउटा उद्योग गर्ने चाहाने हो भने वैकले ५ लाख रुपैया पनि दिदैन । पत्याउदैन । तर एउटा कार किन्ने हो भने वैकले ६० लाख रुपैया पनि दिन्छ । वैकले फजुल खर्चमा लगानी गरिरहेका छन । उद्योगमा लगानी गदैन । कार किन्ने हो भने ८० प्रतिशत सम्म फाइनान्स गरिदिन्छ । वैकको उत्पादन मुलक उद्योगमा ध्यान दिदैन । श्रमको मुल्य आउने ठाउँमा न वैक न राज्यको नै ध्यान पुगेको छ । वैक तथा वित्तिय संस्था सहर केन्द्रीत हुँदा गाउँमा रहेको स्रोत साधन त्यसै खेर गईरहेको छ । राज्य र वैकको यसतर्फ ध्यान जानुपर्छ । नजर पुग्नुपर्छ ।
अन्त्यमा
स्रोत साधान हामी सर्गै छ । हामीसगँ भएको स्रोत साधानलाई प्रोसेसिड गरौ । सही रुपमा उपयोग गरौ । वाहिर निर्यात गरौ । जडिवुडी, रत्नभत्थर, लगायतका वस्तुहरु हामीसगँ छ । म सरकार, राजनीतिक दल, आमवुद्धिजिवी लगायतलाई हामीसगँ भएको स्रोत साधानको उचित रुपमा प्रयोग गरौ । आत्मनिर्भर अर्थतन्त्र भएन भने हामी धेरै दिन टिक्न सक्दैननौ । त्यसैले देशको वारेमा सोच । फजुल खर्च नगरौ । यही सुुझाव दिन चाहान्छु । प्रकाश पन्तसँगको कुराकानीमा आधारित ।




फेसबुकबाट तपाईको प्रतिक्रिया