सुर्खेत, १ भदौ ।
सरसफाईको क्षेत्रमा नेपालले क्षेत्रीय र अन्तराष्ट्रिय स्तरमा गरेका प्रतिवद्धता कार्यान्वयनका लागि समुन्वय र सहकाय गर्नुपर्ने सरकोकारवालाले सुझाव दिएका छन ।
बंगलादेशको राजधानी ढाकामा भएको छैठौ दक्षिण एशियाली सरसफाई सम्मेलनमा नेपालले गरेका प्रतिवद्धतालाई कसरी कार्यान्वयन गर्ने, हाम्रो दायित्व के हुने र कार्यान्वयन गर्न के गर्ने भन्ने सम्वन्धमा बुधवार वीरेन्द्रनगरमा भएको छलफल कार्यक्रमका सहभागीले यस्तो सुझाव दिएका हुन
फ्रसे वाटर एक्सिन नेटवर्क, क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय र समाज जागरण केन्द्र स्याकले गरेको कार्यक्रमका सहभागीले दिगो सरसफाईको लागि प्रभावकारी अनुगमन गर्नुपर्ने, एकद्धवार प्रणालीवाट सरसफाईमा लगानी गर्नुपर्ने सुझाव दिएका छन ।
नेपालले गरेका प्रतिवद्धता कार्यान्वयनका लागि व्यक्तिगत र समुहगत रुपमा सुझाव दिदै कार्यक्रमका सहभागीले सरसफाई देशको इज्यतसगँ जोडिएकोले सवैले आ आफनो ठाउँवाट सहयोग गर्नु पर्ने उल्लेख गरेका छन ।
ढाका सम्मेलनले पारित गरेका ११ बुद्धे प्रतिवद्धतालाई कसरी कार्यान्वयन गर्न सक्न्छ भन्ने विषयमा छलफलका सहभागीले ५ वटा समुह वनाएर विभिन्न वुद्धामा समुहगत रुपमा सुझाव दिएका थिए ।
कुन समुहले के सुझाव दिए ?
पहिलो समूह
दिगो सरसफाईका लागि प्रभावकारी अनुगमन प्रणालीमा बनाउनु पर्ने,
सरसफाईमा गरिएको प्रतिवद्धता कार्यान्वयन गर्नको लागि आन्तरिक र वाह्य लगानी बृद्धि गर्नुपर्ने,
फोहरमैला व्यवस्थापनको लागि डम्पिङ्ग साइड निर्माण गर्नुपर्ने,
ग्रामिण क्षेत्रमा निरन्तर अन्तक्रिया गर्नुपर्ने,
शैचालय र सरसफाई सम्वन्धी सचेतना अभिमुखिकरण अभियान चलाउनु पर्ने,
महिला तथा किशोरी मैत्री शौचालय निर्माण गर्नुपर्ने,
घर, कार्यालय, वसपार्क लगायतका नीजि तथा सार्वजनिक स्थलमा विभिन्न किसिमका शौचालय निर्माण गर्नुपर्ने,
आवश्यक आर्थिक व्यवस्थापनका लागि दिगो कोषको व्यवस्था गर्नुपर्ने,
कामको उचित मुल्याङ्कन गदै रेर्कड राख्न सरसफाई सचिवालय स्थापना गर्नुपर्ने ।
दोस्रो समुह
अपांगता भएका व्यक्ति, वालवालिका, जेष्ठ नागरिक र महिला मैत्री सार्वजनिक तथा नीजि शौचालय निर्माणमा जोड दिनुपर्ने,
शौचालय वनाउदा स्नान घर अनिवार्य वनाउनु पर्ने,
हरेक विद्यालयमा किशोरीको लागि आवश्यक सामाग्रीको नियमित व्यवस्था गर्नुपर्ने,
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यान्वयनका लागि छुटटै संयन्त्र वनाउनु पर्ने, टोल, समुदाय र विद्यालयमा सरसफाई संजाल वनाउनु पर्ने,
सार्वजनिक शौचालयको नियमित सफाई र अनुगमन गर्नुपर्ने ।
तेस्रो समुह
सहरी सरसफाई योजना निर्माण गर्नुपर्ने,
समुदाय स्तरमा अभिमुखीकरण गर्नेपर्ने,
फोहरमैलालाई पुर्न प्रयोगमा ल्याएर रोजगारी सृजना गर्नुपर्ने,
सार्वजनिक शैचालयको उचित प्रयोग गर्ने व्यवस्था गर्नुपर्ने,
पानीको प्रयाप्ततामा जोड दिनुपर्ने,
फोहर मैला व्यवस्थापन गर्नको लागि समुदायलाई सहभागी गराउनु पर्ने,
सरसफाईमा काम गर्ने कर्मचारीलाई विमाको व्यवस्था गर्नुपर्ने,
सरसफाईमा काम गर्ने मजदुरलाई जोखिम भक्ता आवास, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुराहरु प्रदान गर्ने,
जनशक्तिलाई समय सापेक्ष तालिम र प्रविधिले सुविधा सम्पन्न वनाउनु पर्ने,
जनशक्तिको हकअधिकारको लागि प्राधिकरण गठन गर्नुपर्ने,
उनीहरुलाई सम्मान गर्नुपर्ने, सुरक्षा प्रदान गर्नुपर्ने र सिकाई आदान प्रदानको व्यवस्था मिलाउनु पर्ने,
नीति निर्माणमा सरसफाई मजदुरको प्रतिनिधित्व गराउनु पर्ने र सरसफाई पेशालाई मर्यादित वनाउनु पर्ने ।
चौथो समुह
सवैको घरमा खानेपानीको प्रयाप्त सुविधा नभएकोले खानेपानी योजना निर्माण र विस्तारमा जोड दिनुपर्ने,
शौचालय नभएकालाई वनाउन प्रोत्सहान गर्नुपर्ने,
सचेतनामुलक अभियानका साथै प्रचारप्रसारमा जोड दिनुपर्ने,
सरसफाई दुत वनाएर अभियानमा हिडाउनु पर्ने ।
पाचौ समुह
शिक्षण संघ संस्थाहरुमा वालसुलव शौचालयको व्यवस्था गर्नुपर्ने,
छात्रामैत्री शौचालयमा निर्माणलाई अनिवार्य वनाउनु पर्ने,
स्वास्थ्य संस्थाहरुमा सुत्केरी मैत्री शैचालयको व्यवस्था गर्नुपर्ने,
परम्परागत पानीको संरक्षणमा जोड दिुनुपर्ने,
स्वास्थ्य र शिक्षण संस्थाहरुको परिसरमा बृक्षारोपन गदै हरियाली वनाउनु पर्ने,
फोहरमैलाको वर्गिकरण गदै विर्सजनको उचित व्यवस्था मिलाउनु पर्ने,
प्रतिवद्धता कार्यान्वयन भए ÷नभएवारे वेला वेलामा प्रभावकारी अनुगमन गर्नुपर्ने ।
समापन कार्यक्रममा फ्रेस वाटर एक्सन नेटवर्कका दक्षिण एसियाली समितिका सदस्य कुलमणी देवकोटाले व्यक्तिगत र समुहगत रुपमा आएका सुझावहरुलाई कार्यान्वयन गर्नको लागि सम्वन्धीत निकायमा पुरयाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सरसफाई सवैको साझा मुद्धा भएकोले उल्लेख गदै उहाँले नेपालले गरेका प्रतिवद्धता र सरसफाई सम्मेलनले पारित गरेका कुराहरुलाई पूर्णरुपमा कार्यान्वयन गर्न सरकोकावालाहरु हातेमालो गदै अघि वढ्नुपर्ने उल्लेख गर्नुभयो
क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयका सिनियर इन्जिनियर आवेद हुसेनले सरसफाई सम्वन्धी रणनैतिक योजना पूर्ण रुपमा कार्यान्वयन गर्नको लागि सरोकारवालाहरु गम्भिर भएर लाग्नु पर्ने वताउनु भयो ।
यस्तै वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत वालाराम शर्माले स्थानीय निकायको दायित्वभित्र पर्ने कुराहरु कार्यात्वयन गर्नको लागि सधै तत्पर भएर लाग्ने प्रतिवद्धता जनाउनु भयो ।
सहायक जिल्ला शिक्षा अधिकारी निलकन्ठ रेग्मीले शिक्षा कार्यालयले शैक्षिक अवस्थाका साथसाथै विद्यालयको शौचालयको अनुगमन गर्ने परिपाटीको थालिनी गरेको वताउनु भयो ।
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका पूर्व अध्यक्ष श्रीधर पौड्यालले सवैको साझा प्रतिवद्धता भएमात्र कार्यान्वयन गर्न सजिलो हुनेमा जोड दिनुभयो ।
गाविस सचिव हकहित संरक्षण केन्द्रका सचिव श्यामलाल खरेलले सरसफाई सम्वन्धी गाउँ गाउँमा जनचेतनमुलक अभियान संचालन गर्नु पर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रमको संचालन समाज जागरण केन्द्र स्याक नेपालका निर्देशक टीकाराम आचार्यले गर्नु भएको थियो ।
राराखबर । २०७३, १ भाद्र बुधबार