सुर्खेत, १ भदौ ।
नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा चुनावी सभा गरेको छ ।
स्ववियु चुनावको लागि गरेको सभामा केन्द्रका युवा नेता लेखनाथ न्यौपानेले हिमाल, पहाड र तराईलाई जोड्ने प्रगतिशील राष्ट्रवाद आवश्यक रहेको वताउनु भयो ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गदै उहाँले पहाडीया राष्ट्रवादको एकहोरो रटानले मुलुक बलियो नहुने तर्क गर्नुभयो ।
अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीलाई पहिलो हुनवाट कसैले रोक्न नसक्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेत, उपाध्यक्ष पञ्चा सिंह, सभापतिका उम्मेदवार राजेन्द्र वुढा लयायतले विद्यार्थीका समस्या समाधान गर्न सक्ने नेतृत्व र विद्यार्थी संगठन छान्न विद्यार्थीलाई सुझाव दिनुभयो ।
कार्यक्रममा गायक चेतन सापकोटा, गायिका भुमिका गिरी, गायक प्रदिप रोका लयायतले गीत गाउनु भएको छ ।
राराखबर । २०७३, १ भाद्र बुधबार