सुर्खेत, २३ भदौ ।
कुस्तीका पूर्व प्रमुख प्रशिक्षक तथा राष्ट्रिय कुस्ती संघका महासचिव मुमताजली इदृशी सुर्खेत आएका छन् ।
सातौँ राष्ट्रिय खेलकुदको तयारीका लागि प्रशिक्षण दिन इदृशी सुर्खेत आउनु सोमबारदेखि सुरु भएको प्रशिक्षण असोज १८ सम्म चल्ने वताएको छ ।
प्रशिक्षणमा इच्छुक जो सुकैले व्यक्तिले निशुल्क रुपमा सहभागी हुन पाउने प्रशिक्षक इदृशीले बताउनु भयो ।
उहाँले प्रशिक्षणको समयमा राम्रो प्रतिभा देखाउने खेलाडीलाई दशैँपछि नेपालगञ्जमा हुने क्षेत्रीय प्रतियोगितामा सहभागी गराइने समेत उल्लेख गर्नुभयो ।
क्षेत्रीय प्रतियोगिताबाट छनौट हुने खेलाडीले विराटनगरमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।
यस्तै राष्ट्रिय प्रतियोगिताबाट छनौट हुने खेलाडीले १३ औँ दक्षिण एशियाली प्रतियोगितामा समेत सहभागी हुन पाउनेछन् ।
सुर्खेतमा कुस्ती खेलाडीको राम्रो संभावना रहेको र कुस्तीका लागि प्रतिभावान खेलाडीहरुको कमी नभएको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा जिल्ला कुस्ती संघका सचिव निर्मल विष्टले सुर्खेतमा कुस्तीको राम्रो संभावना हुँदाहुँदै खेलाडीहरुले उचित वातावरण नपाएको बताउनु भयो ।
छैठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुर्खेतका खेलाडी निर्मल विष्ट र सोनम रावतले सिल्ड जित्न सफल हुनु भएको थियो ।
राराखबर । २०७३, २३ भाद्र बिहीबार