विपीकाे विचारलाई जनतासम्म पुरयाउ

सुर्खेत, २४ भदौ ।
प्रजातान्त्रिक बिचार समाज सुर्खेतले प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा काँग्रेसका संस्थापक नेता विपी कोइरालाको जन्मजयन्तिको अवरमा चियापान कार्यक्रम आयोजना गरेको छ ।
नेपाली काँग्रेस सुर्खेतको पार्टी कार्यालयमा भएको कार्यक्रमका सहभागीले विपीको विचारमा पार्टी हिड्नु पर्नेमा जोड दिएका छन ।
पछिल्लो समय व्यक्तिबादी प्रबृति हावी भएको उल्लेख गदै उनीहरुले विपीको विचार र सिद्धान्त अनुसार पार्टीलाई एकढिक्का वनाउनु पर्ने उल्लेख गरेका छन
कार्यक्रममा प्रजातान्त्रिक विचार समाजका अध्यक्ष महेन्द्रकुमार कार्कीले विपीको प्रजातान्त्रिक समाजवादलाई जनताको घरदैलोमा लिनु पर्ने वताउनु भयो ।
14212139_1049747568479860_4721485367073285364_nकार्यक्रमका सहभागीहरुले विपीको तस्वीरमा फुलमाला चढाएका छन ।
नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका पूर्व डिन पीताम्वर ढकाल, काँग्रेस कोषाध्यक्ष अनन्त पौडेल, क्षेत्रीय सभापति नारायण कोइराला लगायत काँग्रेस नेता कार्यकर्ता, विद्यार्थी, प्रध्यापक लगायतको सहभागीत रहेको छ ।
सुर्खेतमा पहिलो पटक विहिवार महेन्द्रकुमार कार्कीको अध्यक्षतामा १५ सदसिय प्रजातान्त्रिक विचार समाज गठन भएको थियो ।
समाजको उपाध्यक्षमा कर्णबहादुर थापा, सचिवमा लोकबहादुर ओली, सहसचिवमा भीमबहादुर शाही परियार र कोषाध्यक्षमा देवी भटटराई रहनु भएको छ ।
यस्तै सदस्यमा नारायणकुमार कोइराला, पदम दाहाल, नरेशसिं थापा, हरीप्रसाद शर्मा, ऐश्वर्यप्रसाद दाहाल, उत्तम आचार्य, खगेन्द्र अधिकारी, अमरबहादुर रोकाय, गजराज जोशी, र बलबहादुर ओली रहनु भएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया