
प्रधानाध्यापक रामबहादुर घर्ती
तीन बर्षअघि रामबहादुर घर्ती आफ्नै गाउँ गर्छिना र आफुले पढेको कालिका आदर्श आधारभूत विधालयमा सरुवा भएर आउँदा विधालयको अवस्था एकदमै नाजुक थियो ।
साना कक्षा कोठा, टिनले छाएको चुहिने भवन, डेस्क वेञ्चको अभाव, खानेपानी र शौचालयको असुविधा थियो ।
विधार्थीको पोशाक थिएन । सरसफाइको अभाव थियो । विधार्थीहरु नियमित रुपमा विधालय आउदैन्थे । पढाइमा पनि कमजोर थिए ।
गाउँमा विवाहवारी हुँदा, मेला पर्व चल्दा, कसैको मृत्यु हुँदाको दिन विधालय बन्द हुन्थ्यो ।
विधालय हो कि गाईगोठ छुट्याउन मुस्किलै थियो । यतिसम्म कि विधालयको साइनबोर्ड सम्म थिएन ।
आउन वित्तिकै गाउँलेले यस्तो हालतमा रहेको विधालयको नेतृत्व घर्तीको काँधमा थमाइदिए ।
गाउँलेले विस्वासले दिएको जिम्मेवारी पुरा गर्न उनले आफ्नै गाउँ र आफैले ५ कक्षासम्म पढेको विधालयको दुरावस्था सुधार्न दिनरातलाई एकै बनाएर काम थाले ।
देउसी भैलो खेलेर जग्गा किने
विधालयको मुहार फेर्ने संकल्पसहित अघि बढेका उनले गाउँले, अभिभावक र स्टापलाई भने, मलाई जिम्मेवारी दिएर मात्र हुदैन, तपाईहरुको साथ पनि चाहिन्छ । तपाईहरुको साथले यदि दुई बर्षभित्र परिवर्तन गर्न सकिन भने सरुवा भएर जान्छु ।
विधालयमा भवन आवस्यक थिए तर भवन निर्माणको लागि जग्गा थिएन ।
जहाँ इच्छा त्यहाँ उपाय भने झै उनले देउसी भैलो खेलेर जग्गा किन्ने रकम जुटाउने जुक्ति लगाए ।
अनि देउसी भैलो खेलेर एक लाख ५३ हजार ५३० रुपैया जुटाएर जग्गा किने ।
त्यही जग्गामा एउटा चार कोठे पक्की विधालय भवन बनाए । अहिले अर्को भवन निर्मानाधिन अवस्थामा छ ।
विधार्थीको लागि पक्की शौचालय र गाउँलेको श्रमदानबाट खानेपानीको पनि व्यवस्था गरे ।
उनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, सामाजिक विकास मन्त्रालयसहित केयर नेपालजस्ता संस्थासँग समन्वय गरेर आवश्यक भौतिक संरचना निर्माण गरे ।
अव विधालयमा खेल मैदान र घेरावारको खाँचो रहेको उनी बताउँछन्छ ।
शैक्षिक गुणस्तर र भौतिक सुधार दुवैमा उत्तिकै ध्यान दिएका छन् ।
भौतिक निर्माणपछि भने सम्पूर्ण ध्यान शैक्षिक गुणस्तर सुधारमा लगाउने सोचमा उनी छन् ।
नेतृत्व गर्ने व्यक्तिले चाह्यो भने जस्तो सुकै परिवर्तन पनि गर्न सकिन्छ भन्ने उदाहरण उनी बनेका छन् ।
तीन बर्ष अघिसम्म पढाइमा निकै कमजोर विधार्थीहरुले विस्तारै पढाइमा फड्को मार्दै गरेका छन् ।
यसपालीको नगरस्तरीय कक्षा ८ को परिक्षामा कालिका आदर्श आधारभूत विधालयका १९ मध्ये १८ जना विधार्थी उर्तीण भएका छन् । नगरमै यो विधालयकी एक जना छात्राले दोस्रो स्थान हासिल गरिन् ।
प्रधानाध्यापक घर्तीका बाजे दलजीत घर्तीको पालामा स्थापना भएको यो विधालयलाई अघि बढाउन दुई दुई पटक अध्यक्ष हुँदा उनका वुवाको पनि उत्तिकै हात छ ।
नेतृत्वकर्ता डिउटी फुल भए चाहेको परिवर्तन
बाउबाजेको शीर झुक्न दिनु हुदैन भनेर दिन दुई गुणा र रात चौगुणा बनाएर विधालय परिवर्तनको लागि काम गरे, उनी भन्छन , विधालय राम्रो हुँदै गएपछि बर्षेनी विधार्थी संङख्या पनि थपिदै गएका छन् ।
उनी आउँदा १७५ जना विधार्थी थिए अहिले उक्त संङ्ख्या बढेर २५५ पुगेको छ ।
विधालय नमुना वनाउँदाको अनुभव सुनाउँदै उनले भने, नेतृत्व गर्ने मान्छे डिउटी फुल भयो भने चाहेको परिवर्तन हुन्छ । त्यसैले प्रशासन चलाउने मान्छे डिउटी फुल र सवैको भावना वुझने हुनु पर्छ ।
विधालयलाई राम्रो बनाउने आफ्नो अभियानमा विधालय व्यवस्थापन समितिका अध्यक्ष सितली बुढालगायत पदाधिकारी, गाउँलेहरु, शिक्षक स्टापहरु, वडा, नगर, प्रदेश र संघ सरकारको ठुलो सहयोग र भूमिका रहेको उनले बताए ।
१८ बर्षदेखि शिक्षण पेशामा आवद्ध उनी विगत ६ बर्षदेखि भने स्थायी शिक्षकको रुपमा कार्यरत छन् ।
स्थायी भएर १८ महिना धादिङको पंञ्चकन्या आधारभूत विधालय, ६ महिना जाजरकोटको दिपेन्द्र प्रावि रावतगाउँ र ८ महिनाजति जाजरकोट बारेकोटको सीता मावि कार्कीज्यूलामा पढाएका थिए ।
व्यक्तिगत फाइदाजत्तिकै चिन्ता समाजको लागि गर्नु पर्छ
जहाँ गएपनि उनले शैक्षिक सुधारको लागि मनबाटै काम गरे ।
उनी भन्छन, पहिलो कुरा आत्म विस्वास हुनुपर्दो रहेछ । सवै कुरा लिडरसीपमा भरपर्छ । आधुनिक प्रविधिसँग अपडेट भएर भिजन र मिसन बनाएर अघि बढ्ने हो भने जस्तो सुकै परिवर्तन गर्न सकिदो रहेछ ।
व्यक्तिगत फाइदाको लागि जति चिन्ता गर्छौ । समाजको लागि पनि त्यतिकै चिन्ता गर्ने हो भने सवैको साथ पाइने अनुवन उनीसँग छ ।
नलगाड नगरपालिका -६ गर्छिना जाजरकोटस्थीत कालिका आदर्श आधारभूत विधालय २०३२ सालमा स्थापना भएको थियो । स्थापना भएको ५० बर्षको अवधिमा ४७ बर्षसम्म एउटै पारामा चलेको विधालयको स्वरुप तीन बर्षयता एकाएक बदलिएको गाउँलेहरु बताउँछन् ।
ठाकुर सरको प्रेरणा
नलगाडमै कार्यरत शिक्षक ठाकुरप्रसाद शर्माले विधालय सुधारको लागि गरेका राम्रा कामबाट प्रभावित भएर आफुले पनि परिवर्तनको अभियान थालेको उनले बताए ।
पर्वत घर भएका शर्माले कालिका प्राथमिक विधालयलाई नगरकै नमुना विधालय बनाएका छन् ।
बाहिरबाट आएर ठाकुर सरले विधालयलाई राम्रो बनाउनु भयो भने हामीले आफ्नै गाउँको र आफैले पढेको विधालयलाई किन राम्रो बनाउन नसक्ने भन्ने सोच पलायो अनि उहाँकै प्रेरणाबाट अघि बढे ।
पहिलाको भन्दा अहिले अभिभावकको भूमिका पनि बढेको छ । छोराछोरीलाई समय दिनु पर्छ । पढाउनु पर्छ भन्ने चेतना आएको छ ।
विधार्थी पनि निकै अनुशासित र मिहिनेती भएका छन् । हरेक कक्षाले आफ्नै बगैचा बनाएका छन् । सिजन सिजनमा फुलहरु फुलेर रमाइलो देखिन्छन् । विधालयमा विधार्थीको उपस्थिति सत प्रतिशत हुन्छ ।
शिक्षकहरु कक्षामा अलिकति पनि ढिला गर्न वित्तिकै किन ढिला भयो भनेर विधार्थीले प्रश्न गरिहाल्छन् ।
जसले गर्दा शिक्षकलाई पनि समयमै कक्षामा जाने र पढाउने वातावरण बनेको छ ।
अभिभावकहरु पनि विधालयप्रति निकै नै सकारात्मक छन् । प्रधानाध्यापक घर्ती दावीको साथ भन्छन्, हरेक कुरामा आफ्ना विधार्थी वरीपरीका विधालयका विधार्थी भन्दा प्रतिभाशाली छन् ।
आफुलाई यो तहसम्मको सोचाइमा परिवर्तन ल्याउन हौसला दने श्रीमतिको ठुलो हात छ । उनी भन्छन, आज म जहाँ छु । मेरो सोचाईमा जे परिवर्तन आएको छ । यसमा मेरो श्रीमतिको ठुलो हात छ । यदि श्रीमतिको साथ हुदैन्थ्यो भने म पनि अघि बढ्न सक्दैन्थे होला ।
उनकी श्रीमति पनि यो विधालयमा वाल शिक्षकको रुपमा कार्यरत छन् ।
आगामी योजना
जिल्ला र प्रदेशकै नमुना विधालय बनाउने लक्ष्य उनले राखेका छन् । दश बर्षभित्र मेरो बच्चा भर्ना गरि दिनु पर्यो भन्ने बनाउने योजना छ । इन्टान्स लिएर मात्र विधार्थी भर्ना लिने लक्ष्य उनको छ ।
उनले म बनाउँछु मेरो विधालय भन्ने अभियान नै चलाएका छन् ।
त्यसमा कम्तिमा पनि दश हजार रुपैया भन्दा बढी सहयोग गर्ने दाताको फोटो विधालयमा राखिन्छ । ।
यसरी संकलन भएको रकमबाट शिक्षकलाई तलव खुवाउँछन् । अहिले प्राथमिक तहका तीन जना स्थायी दरवन्दी छ भने दुई जना शिक्षक संघिय अनुदान र ३ जना निजि स्रोतका शिक्षक छन् ।
एक जना वाल विकास शिक्षक र एक जना कार्यालय सहयोगी छन् ।
प्रधानाध्यापक घर्तीले गाउँको विधालयलाई राम्रो बनाउने र जीवनभरी कतै नजाने सोच बनाएका छन् ।
विधालयमा भएका राम्रा अभ्यासहरु
शिक्षक विधार्थी नियमितता
विधालय, समुदाय र विधार्थीवीच समन्वय
विधार्थीहरुको बोली भाषामा सुधार
विधालयमा विधार्थी पोशाक अनिवार्य
म्युजिकल पिटीको व्यवस्था
प्रार्थना समयमा विधार्थी प्रतिभा पहिचान
प्रत्येक कक्षामा मेन्टरको व्यवस्था
विधालयमा बाल क्लव गठन
कक्षागत बगौचा निर्माण
देउसी भैलो खेलेर संकलन गरिएको रकमबाट जग्गा किनेर भवन निर्माण
देउसी भैलो खेलेर नीजि शिक्षकलाई तलव व्यवस्थापनमा
खानेपानीको व्यवस्था
पक्की शौचालय निर्माण
एउटा चार कोठे पक्की भवन निर्माण अर्को निर्माणधिन अवस्थामा
दिवा खाजाघर र सरस्वतीको मन्दिर निर्माण
दुई लाख बराबरको फलामको बेन्च व्यवस्थापन
शिशुदेखि ५ कक्षासम्म पि फर्म र जुट कार्पेटको व्यवस्था
प्रत्येक कक्षामा वुक कर्नर र डस्टविन राखिएको
प्रत्येक शुक्रवार अतिरिक्त क्रियाकलाप
शुक्रवारे कार्यक्रम र प्रत्येक परिक्षाको नतीजा विश्लेषण गरी स्थान ल्याउने विधार्थीलाई पुरस्कार
शैक्षिक गुणस्तरमा सुधार
म बनाउँछु मेरो विधालय भन्ने अभियान अन्तर्गत दश हजार भन्दा माथी आर्थिक सहयोग गर्ने दाताको फोटोसहितको नाम कार्यालयमा राख्ने
इसिडी कक्षामा रंगिन पेन्ट गरी कक्षा व्यवस्थापन र विधालय भवनको भित्तामा वाल पेन्टिड
सरसफाइलाई उच्च प्राथमिकता विधालय कक्षा कोठा र हाताभित्र
२०४४ सालको नापीमा विधालयको नाममा जग्गा भएको तर लालपुर्जा नभएकोले जग्गा पत्ता लागाएर विधालयको नाममा पास गर्ने प्रक्रिया अघि बढाएको
आवश्यक खेलकुदका सामाग्रीको व्यवस्थापन
विधार्थीलाई वेला वेलामा उत्प्रेरणात्मक ज्ञानको व्यवस्था
राराखबर । २०८२, १६ श्रावण शुक्रबार