सेक्स फ्रि हुनुपर्छ

13528790_1135615106501664_4846932162033961526_n-1

दिपक बुढा उपाध्यक्ष, नेपाल पत्रकार महासंघ, सुर्खेत

१.के छ खबर ?
हालखबर ठिकै छ भन्नु प¥यो ।
२. आज भोली केमा व्यस्त हुनुहुन्छ ?
पत्रकारितामै क्रियाशिल छु ।
३. मागि विबाह गर्नु भयो कि भागी ?
मेरो विवाहको कहानी रोचक छ । विवाह त भगाएरै गरेको हो ।
४.कलेज पढदा कत्तिको आए लव लेटर ?
कलेज पढ्दा लव लेटर भन्दा मोवाईलमा म्यासेज चाहिँ आए । सानो कक्षामा पढ्दा चाँही लेव लेटर नयाँ वर्ष र दशैं तिहारको शुभकामना पोष्टकार्डहरु धेरै आदान—प्रदान गरियो ।
५.आफुले चाहीँ कत्ति केटीलाई लव लेटर लेख्नु भयो नि ?
हा हा लव लेटर चाही एक जनालाई मात्रै लेखेँ । मैले भ्यालेनटाइन डे कै दिन आफैले काम गर्ने पत्रिका मार्फत पहिलो पटक लव लेटर लेखेर एचलाई प्रेम प्रस्ताव गरेको थिएँ । नयाँ बर्षको पोष्टकार्ड त धेरैलाई पठाईयो होला । कति पठाईयो त्यो एकिन भएन ।
६.आमा, र प्रेमिका मध्ये एक जनालाई रोज्दा……?
सर्वप्रथम मलाई जन्म दिने आमालाई पहिले सम्झन चाहन्छु । आमाले आफ्नो ९ महिने कोखमा राखेर मानव स्वरुपमा बृद्धि विकास गराउनु भयो । जन्माउनु भयो । हुकाउँनु भयो । हुर्किएर युवा अवस्थामा प्रवेश गरेपछि मात्रै मेरो प्रेमिकासंग भेट भएको हो । प्रेमिका हुँदै जीवन साथीसम्म आई पुगिएको छ ।
७.तपाई हिँड्दै गर्दा बाटोमा पाँच केजी सुन भेटाउनु भयो भने के गर्नु हुन्छ नि ?
यो सुन के गरौं भनेर पहिले घरमा श्रीमतिज्यूलाई देखाउँछु । श्रीमतिज्यूको सल्लाहमा कि प्रहारीलाई बुझाउँछु कि भने श्रीमतिज्यूलाई मोटो सिग्री (गरगहना) बनाईदिन्छु ।
८.राज्यले तपाईलाई यो देशको प्रधानमन्त्री बनाईदियो भने तपाईको पहिलो प्राथामिकता के हुन्छ ?
म यो देशको प्रधानमन्त्री भएँ भने नीतिगत रुपमा धेरै परिवर्तनहरु गरिदिन्छु । अहिलेको राज्य संयन्त्रमा कर्मचारीहरु भ्रष्ट भएका छन् । उनीहरुलाई ठाउँको ठाउँ कारवाही गर्छु ।
९. मनपर्ने खाना ?
रोटी र टमाटरको अचार अनि दाल
१०.डान्स वारमा कत्तिको जानु हुन्छ नि ?
खासै जाँदिन
११. मन पर्ने संगित ?
पुराना मिरा देवीका आधुनिक गीतहरु ।
१२.मन पर्ने ठाँउ ?
पोखरा
१३ .मन पर्ने व्यक्ति ?
श्रीमति हिमकुमारी उपाध्याय ज्यू ।
१४ मन पर्ने कपडा ?
सर्ट, पाइन्ट
१५ सेक्सप्रति यहाँको सटिक धारणा ?
मनोरञ्जन गर्ने, सन्तुष्टि लिने माध्यम हो ।
१६.नेपाली समाजमा सेक्स स्वतन्त्र हुनुपर्छ, भन्ने पक्ष मा कि विपक्षमा ?
स्वतन्त्र हुँदा त राम्रै हो तर विकृति हुनु भएन ।
१७. जिन्दगीमा के गर्दा मजा आउँछ ?
गरेको काममा सफलता प्राप्त हुँदा र आफ्नो बारेमा अरुले धेरै खुरापाती गर्दा पनि एक मनले आनन्द आउँछ ।
१८. जिन्दगीमा भुल्नै नसकेको खुसीको क्षणलाई सम्झिदा ?
समग्र पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका उपाध्यक्ष निर्वाचित हुँदाको क्षण ।
१९. कहिले काहीँ यो सामाजिक पेशामा किन लागेछु जस्तो लाग्दैन ?
लाग्दैन । बरु आफुले गरेको कामबाट समाजमा भएको परिवर्तनले आनन्द बनाउँछ ।
२०.यदि मरेर भुत भएपछि कस्लाई तर्साउनु हुन्छ नि ?
संगठन भित्र र बाहिर काम नगर्ने तर धेरै खुरापात गर्ने व्यक्तिहरुलाई छानिछानी तर्साउछु ।
प्रस्तुती  यज्ञ खत्री




फेसबुकबाट तपाईको प्रतिक्रिया