बद्री पन्त
जाजरकोट ३, चैत
जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले वन र वन्यजन्तु संरक्षणमा जोड दिन वन कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । शनिवार बारेकोटको लिम्सामा बारेकोट सव डिभिजन कार्यालयको उद्घाटन गर्दै प्रजिअ बस्नेतले यस्तो कुरा बताउनु भएको हो ।
वन तथा वन्यजन्तु हाम्रा अमूल्य प्राकृतिक श्रोत भएकाले हाम्रा भावी पुस्ताका लागि यस्ता प्राकृतिक श्रोतसाधनहरुको दिगो रुपमा संक्षण एवं व्यवस्थापन वन कर्मचारी तथा स्थानीयबासी जुट्नु पर्ने समय आएको बस्नेतले बताउनु भयो ।
वन क्षेत्रको जग्गा जथाभावी रुपमा अतिक्रमण गरी बसोबास गर्नु जघन्य अपराध भएको भन्दै यसमा सवैले सोच्नु पर्ने उहाँले बताउनु भयो । त्यसैले यस किसिमको अपराध कोही कसैबाट नगरौं, नगराऔँ प्रजिअ बस्नेतको भनाई थियो ।
त्यसैगरी डिभिजन वन कार्यालयका डिभिजन प्रमुख मन्जुर अहमदले जिल्लाका ६ स्थानमा सव डिभिजन वन कार्यालय स्थापना भएपछि बारेकोट सव डिभिजन कार्यालय उद्घाटन हुने पहिलो डिभिजन भएको बताउनु भयो ।

जिल्लाका दल्ली, वारेकोट, शिबालय छेडागाड, जुँनीचादे, कुशे र भेरी नगरपालिकामा सव डिभिजन स्थापना गरी काम कारबाही अगाडि बढाइएको छ, अहमदले भन्नु भयो । शिबालय छेडागाड सव डिभिजनमा अधिकृत पूर्णबहादुर चन्दको नेतृत्वमा ७ जना कर्मचारी, दल्लीमा नितेशराज भट्राईको नेतृत्वमा ५ जना कर्मचारी, जुँनीचाँदेमा रामकृण्ण बुढाको नेतृत्वमा ३ जना कर्मचारी, कुशेमा नवराज बुढाको नेतृत्वमा ५ जना कर्मचारी, भेरीमा दिछ्या दिछित लामीछानेको नेतृत्वमा ७ जना कर्मचारी र बारेकोटमा नितेशराज भट्राईको नेतृत्वमा ५ जना कर्मचारी खटाइ सकिएको छ, दल्ली र बारेकोटमा २ सव डिभिजन हेर्ने गरी नितेशराज भट्राईलाई जिम्मेवारी दिइएको डिभिजन अधिकृत अहमदले बताउनु भयो ।
जिल्ला डिभिजनमा साहेक वन अधिकृत, सुब्वा, लेखा, कार्यालय सहयोगी, सवारी चालक सहित १२ जना कर्मचारीको दर वन्दी रहेको र १ जना वाहेक ११ जना आइसकेका उहाँले बताउनु भयो । बारेकोट गाउँपालिका जुम्लासंग सिमाना जोडिएको गाउँपालिका हो ।
उक्त कार्यक्रममा बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाह, उपाध्यक्ष ओमा शाही, जिल्ला समन्वय समितिका सदस्य कल्दर सिंह, राष्र्टि«य अनुसान्धानका अनुसन्धान अधिकृत सन्जीव शाह, डिभिजन वन कार्यालयका डिभिजन प्रमुख मन्जुर अहमद, नेकपाका नेता नरबहादुर गिरी, नेपाली काँगे्रसका जिल्ला कमिटी सदस्य बेदराज सिंह लगाएतको सहभागिता रहेको थियो ।
राराखबर । २०७५, ३ चैत्र आईतवार