दुनै अन्धकार

सुकमाया थापा
डोल्पा २३, फागुन ।
गत फागुन ४ को लगातारको वर्षा तथा हिमपहिरोको कारण पहिरो जांदा डोल्पा स्थित २ सय किलोवाट क्षमताको जैरीगाड साना जलविद्युत वितरण केन्द्रको विद्युत आपुर्ति अवरुद्ध भएको छ । विद्युत अवरुद्ध हुंदा डोल्पा जिल्लाको सदरमुका दुनै लगाएत आसपासको क्षेत्र अन्धकारमय बनेको छ ।
डोल्पाको ठुलीभेरी नगरपालीका ३, जैरिगाडमा रहेको जैरीगाड साना जलविद्युत आयोजनाको नगर माथिबाट आएको पहिरोले नहरमा बगाएको छ । नहरमा राखिएको पेनस्टक पाइप समेत बगाए पछि विद्युत आपुर्ति अवरुद्ध भएको हो । २०५६ सालमा निर्माण सम्पन्न भई विधुत आपुर्ति सुरु भएको यस जैरीगाड साना जलविद्युत आयोजनाको नहर नभत्केको कुनै वर्ष छैन । नहरमा वर्षेनी पहिरोले अबरुद्ध पार्ने गरेको छ ।
यस अघि पहिरोका कारण नहर तथा कुलो भत्के पछि पेनस्टर पाइप राखिएको ठाउं माथिबाट पहिरो आए पछि नहरको ६० देखि ७० मिटर कुलो सहित पाइप बगाएको छ । नहर बनाउन १ करोड ९० लाख लागत लाग्ने जैरीगाड साना जलविद्युत वितरण केन्द्रका निमित्त प्रमुख जयबहादुर रावलले जानकारी दिनु भयो ।
गत बर्ष भन्दा यो बर्ष हिउँदमा भारी हिमपात र बर्षा भएपछि पहिरो गएको हो । २ सय किलो वाट क्षमताको जैरिगाड साना जलविद्युत आयोजनाको नहर माथिबाट पहिरो गएपछि सदरमुकाम दुनै र आसपासका उक्त आयोजना सेवा क्षेत्रका सर्वसाधारणहरु तथा वस्तिहरु अन्धकारमय बनेका छन् ।
सदरमुकाम दुनैका सरकारी तथा गैर सरकारी कार्यालयहरुको काममा समेत निकै समस्या आएको कृषि विकास बैंक डोल्पाका शाखा प्रबन्धक गोरखबहादुर बुढाथापाले बताउनु भयो । विजुली छैन, सोलारले काम गर्दैन काम गर्न निकै समस्या भएको बुढाथापाले बताउनु भयो ।


दुनै बजार, माथिल्लो दुनै, तिप्ला, थाला, लोचा, जुफाल, रुम, मोतिपुर, डांँगीबाडा, सुं, जिउ गाउँंका १ हजार ४ सय घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन । यी विभिन्न गाउंँमा वितरण भएको जैरिगाड साना जलविद्युत आयोजनाको विद्युत आपुर्ति अवरुद्ध हुंदा नजिकीदै गरेको एसइइ परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई सबैभन्दा ठुलो समस्या भएको छ ।
पहिरोले नहरको ७५ मिटर जति भाग क्षति गरेकाले यसको मर्मत कार्य पनि छिटो हुने सम्भावना छैन भन्नु हुन्छ रेडियो डोल्पाका अध्यक्ष बिण्णुलाल बुढा । स्थानीय सरकार, प्रदेश र संघिय सरकारले व्यवास्था गरेको बुढाले बताउनु भयो । विद्युत आपुर्ति बन्द हुंदा सदरमुकाम दुनैका सरकारी मात्र होइनन स्थानीय एफएम रेडियोले १८ घण्टा सन्चालन हुने समय १ घण्टा मात्र सन्चालन गर्ने गरेका छन बुढाले बताउनु भयो ।
नहर मर्मत गर्न कसैले पनि चासो दिएको देखिदैन । जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयहरु, पसल, होटेल, उद्योगलाई निकै कठिनाई भएको छ । विद्युत अवरुद्ध भएका कारण विद्युतबाट संचालन हुने सम्पूर्ण सेवाहरु समेत अवरुद्ध हुन पुगेका छन् । भने स्थानीयले मोबाइल चार्ज गर्न, रेडियो सुन्न, टेलिभिजन हेर्नबाट बन्चित हुनु परेको छ ।
यो आयोजनाबाट विद्युत आपुर्ति सुरु भएदेखि वर्षमा पटकपटक नहर भत्केर जाने गरेको छ । कम्जोर भुवनोटको कारण पहिरो जाने गरेको छ । नहरको दिगो व्यवस्थापन भएमा मात्र दुनैबासीले नियमित विद्युत सेवा पाउँने स्थनीय दशरथ रोकायले बताउनु भयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया