निर्वाचन कार्यालयमा क्रान्तिकारीको तालवन्दी

सुर्खेत, ४ भदौ ।
नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले विभिन्न माग राख्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्ववियू निर्वाचन समितिको कार्यालयमा तालावन्दी गरेको छ ।
राजनीतिक भागवन्डाको आधारमा नियुक्त भएका पदाधिकारीहरुले स्ववियु चुनाव आ आफनो पार्टीको पक्षमा पार्नको लागि काम गरेको, विद्यार्थीको मतदाता नामावाली रातारात परिवर्तन गरेको आरोप क्रान्तिकारीले लगाएको छ
14051677_1743526425914182_7853217037096854736_nयस्तै आर्थिक चलखेलका आधारमा नयाँ विद्यार्थी भर्ना गरिएको र नियमिति अध्ययनरत विद्यार्थीलाई चुनावमा भागलिनवाट बञ्चित गरिएकोले निर्वाचन समितिको कार्यालयमा तालावन्दी गर्नु परेको क्रान्तिकारीका केन्द्रीय सदस्य चक्र विसीले जानकारी दिनुभयो ।
अहिलेकै निर्वाचन समितिले स्वतन्त्र र निश्पक्ष रुपमा स्ववियू निर्वाचन गर्न नसक्ने भएकोले यो समिति विघटन गरी निश्पक्ष समिति गठन गर्नु पर्ने माग आफनो संगठनको रहेको उहाँले बताउनु भयो ।
केही पदाधिकारीको भागवन्डाको आधारमा रातारात भर्ना गरिएका विद्यार्थीको छानविन गरी वास्ताविकता वाहिर ल्याउनु पर्ने माग पनि अखिल क्रान्तिकारीको छ ।
केन्द्रीय सदस्य विसीले यसअघि आफनो संगठन र विश्वविद्यालयवीच भएको सहमति कार्यान्वयन नभएको र कार्यान्वयन गर्न पदाधिकारीले आलटाल गरेको गुनासो समेत गर्नुभयो ।
आफनो संगठनले अघि सारेका मागहरु पुरा नभएसम्म ताला नखोल्ने चेतावनी समेत क्रान्तिकारीले दिएको छ ।
क्रान्तिकारीको तालावन्दीका कारण स्ववियू निर्वाचन निर्धारित समयमा हुनेमा आशंका वढेको अन्य विद्यार्थी संगठनहरुले वताएका छन ।
यता मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा स्ववियू निर्वाचनको प्रक्रिया शनिवारदेखि सुरु भएको छ ।
यही भदौ ८ गते हुने निर्वाचनको लागि प्रमुख विद्यार्थी संगठनहरु उम्मेदवार छनौट गर्न तल्लिन रहेका छन ।
शनिवार दिउसो ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया