बारेकोटमा बैंक सन्चालन

बद्री पन्त
जाजरकोट ११, पुस
स्थानीय सरकार सन्चालन भएको तीन बर्ष वितेको छ । स्थानीय तहमा कतै केन्द्र विवाद कतै सदरमुकामबाटै कार्यलय सन्चालन भई रहेका छन ।

गाउँगाउँमै सरकारी सेवा पाउने भनेर हौसीएका सर्वसाधारण पुरानै व्यवस्थाका कारण निरास भई रहेका छन । तर जाजरकोट जिल्लाको दुर्गम बारेकोट गाउँपालिकाले गाउँपालिकाको प्रशासनिक केन्द्र लिम्सा स्थित आफ्नै नयाँ भवनबाट सेवा प्रवाह गरेको छ । बारेकोट बासीलाई यस अघि बैंकिङ कारोवार गर्न दुई तीन हिडेर जाजरकोट सदरमुकाम धाउनु पर्ने बाध्यता थियो ।

बारेकोटमा कृषि विकास बैंकको शाखा सन्चालनमा आएपछि स्थानीयबासीन्दालाई दुई तीन हजारको चेक सटाउन पनि सदरमुकाम पुग्नु पर्ने बाध्यता हटेको छ । बारेकोटबासीले गाउँमै बैंकिङ सेवा पाएपछि विस्थारै परिवर्तनको अनुभुती गर्न थालेको अध्यक्ष महेन्द्र शाहले बताउनु भयो । गाउँपालिकामा कृषि विकास बैंकको शाखा सन्चालनमा आएको छ ।

बैंक सन्चालनमा आएपछि स्थानीय बासिन्दालाई आर्थिक कारोबार गर्नकै लागि सदरमुकाम खलंगा धाउनु पर्ने वाध्यता हटेको छ । आर्थिक कारोबार गर्नका लागि दुई तीन दिन हिडेर आउनु पर्ने र हप्ता दिनसम्म सदरमुकाम बस्नु पर्ने वाध्यताको अन्त्य भएको स्थानीय कमला शाहीले बताउनु भयो ।
बारेकोटबासीलाई सामान्य कारोवार गर्न सदरमुकाम जानु पर्ने बाध्यता थियो । अहिले गाउँमै बैक सन्चालन भएपनि गाउँपालिकाको आर्थिक कारोबार संघै स्थानीयलाई समेत धेरै सहज भएको अध्यक्ष शाहको भनाइ छ ।


असार देखि सेवा थालेको बैंकमा अहिलेसम्म ९ सय ३७ जना सेवाग्राहीले बैक खाता खोलि सकेका छन । बैंकबाट आन्तरीक तथा बाह्य कारोवार समेत सन्चालनमा आउनुको साथै स्थानीयलाई बैंकले सुविधा पुर्याएको कृषि विकास बैंक बारेकोट शाखा प्रवन्धक जोग बहादुर खड्काले बताउनु भयो ।
गाउँपालिका तथा गाउँपालिका अन्तर्गतका विषयगत कार्यालय, बृद्धबृद्धा, सर्वसाधारण, शिक्षक तथा कर्मचारी, उपभोक्ता समिति, ब्यापारी, ब्यबशायी, रेमिट्यान्स लगाएतलाई आर्थिक कारोबार गर्न सहज मात्र भएको छैन आर्थिक कारोबार गर्न सदुरमुकाम आउनु झनझट टरेको छ ।

स्थानीयले सहज रुपमै सरकारी सेवा गाउँमै पाउँ थालेपछि गाउँगाउँमा सिंह दरबारको अधिकारको प्रत्याभुती गर्न थालेका छन । सात वटा स्थानीय तह रहेको जाजरकोटमा ६ वटाको प्रशासनिक केन्द्रबाट बैंक कारोवार थालेका छन ।




फेसबुकबाट तपाईको प्रतिक्रिया