सिडिओ र पृतनापति एउटै कार्यक्रमको प्रमुख अतिथी भएपछि …

20160612_085316
सुर्खेत, ३० जेठ ।
सुर्खेतको वीरेन्द्रनगरमा भएको हवाई सुरक्षा सम्वन्धी कार्यक्रममा दुई जनालाई प्रमुख अतिथी वनाइएको छ ।
नेपालको सन्दर्भमा हवाई सुरक्षा सम्वन्धी क्षेत्रीय गोष्ठीमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठ र सेनाको मध्यपश्चिम पृतनाका पृतनापति शमशेर ठकुराठीलाई प्रमुख अतिथी वनाइएको हो । सभाध्यक्ष विना नै भएको उद्घाटन सत्रमा कार्यक्रम संचालकले सिडिओ र पृतनापतिलाई प्रमुख अतिथीको रुपमा आसनग्रहण गराएपछि सहभागीहरु नौलो कार्यक्रम भन्दै मुखामुख गरेका थिए ।
करिव एक घण्टासम्म चलेको उद्घाटन सत्रको समापन गदै प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले मुसुक्स हाँस्दै भने कार्यक्रममा अध्यक्षता भएको छैन, नयाँ कार्यक्रम भएको छ । यो उद्घाटन कार्यक्रम यही समापन भएको घोषणा गर्दछु । कार्यक्रमका अर्का प्रमुख अतिथी मध्यपश्चिमका पृतनापति शमशेर ठकुराठीले पनि वोल्ने अपेक्षा सवैले गरेका थिए । तर उहाँ वोल्नु भएन । सवै वक्तको कुरा ध्यानपूर्वक सुन्नुमात्र भयो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण हवाई सुरक्षा विभागले गरेको गोष्ठीका सहभागीले हवाई सुरक्षाको लागि विमानस्थलमा अत्याधुनिक उपकरणहरु जडान गर्नुपर्ने वताएका छन । नेपालमा हवाई सुरक्षा दिनदिनै चुनौतिपूर्ण वन्दै गएको भन्दै उनीहरुले जोखिमकम गर्न आधुनिक प्रविधिको उच्चत्तम प्रयोग गर्न सुझा दिएका छन । हवाई सुरक्षामा नयाँ नयाँ अपराध हुन थालेको उल्लेख गदै उनीहरुले सुरक्षा चुनौतिको सामना गर्न पनि नयाँ प्रविधिको प्रयोग आवश्यक रहेकोमा जोड दिएका छन । नेपालमा ४३ वर्ष अघि लागु भएको हवाई सुरक्षा योजना अघिले पनि कायमै रहेको भन्दै उनीहरुले परम्परागत शैलीको सुरक्षा योजनाले अव काम नगर्ने दावी गरेका छन ।
कार्यक्रममा अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनका मान्यता प्राप्त विज्ञ भरत ढकालले परम्परागत सुरक्षा रणनीतिले अव काम नगर्ने भएकाले नयाँ नयाँ सुरक्षा रणनीति अपनाउनु पर्ने वताउनु भयो । उहाँले हवाई सुरक्षाको लागि विमानस्थल क्षेत्रमा अनाधिकृत व्यक्ति र सवारी साधनको प्रयोगमा रोक लगाउनुको साथै चेकजाँचमा पनि उच्च सावधानी अपनाउन सुझाव दिनुभयो ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले हवाई सुरक्षाको लागि मानविय, प्राविधिक र वातारणीय सवै पक्षमा उत्तिकै ध्यान दिनुपर्नेमा जोड दिनुभयो । निमित्त क्षेत्रीय प्रशासक नारायणप्रसाद सापकोटाले अन्तराष्ट्रिय समुदायलाई नेपालमा प्रयाप्त हवाई सुरक्षा भएको प्रत्याभुति दिनुपर्नेमा जोड दिनुभयो । यस्तै सुर्खेत विमानस्थलका प्रमुख भुपेन्द्र भट्टले विमानस्थलको सुरक्षाको सम्भव भएसम्मका सवै सुरक्षा रणनीति अपनाइएको जानकारी दिनुभयो ।गोष्ठीमा मध्यपश्चिम क्षेत्रका सवै विमानस्थलमा कार्यरत कर्मचारी, सुरक्षा अधिकारी लगायतको सहभागीता रहेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया