गल्ती औल्याएर सहयोग गर्नुहोस

सुर्खेत, २९ जेठ ।
नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालको छैठौ प्रदेशस्तरीय प्रथम एकता भेला तथा अधिवेसन सुर्खेतको वीरेन्द्रनगरमा भएको छ ।20160611_142204
भेलाको उद्घाटन गदै नेकपा माओवादी केन्द्र छैठौ प्रदेशका इन्चार्ज जनाजर्न शर्माले पेशागत हकहितको लागि सवै पत्रकारहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले राजनीतिक दलले गरेका गल्तीहरुलाई औल्याएर उनीहरुलाई सचेत गराउने दायित्व संचारकर्मीको भएको उल्लेख गर्नुभयो ।
कार्यक्रम प्रेस सेन्टरका केन्द्रीय सदस्य सचिन रोकाय, दिपेन्द्र रोकाय, डम्वर सापकोटा पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारती, प्रेस चौतारीका अध्यक्ष सुर्यप्रकाश कँडेल, प्रेस युनियनका सचिव गणेश कार्की लगायतले आफनो भनाई राख्नु भएको छ ।
कार्यक्रम भेला आयोजक समितिका संयोजक देवीराम देवकोटाको सभापतित्वमा भएको हो । भेलामा ६ नम्वर प्रदेशका १० जिल्लाका प्रेस सेन्टर नेपालमा आवद्ध पत्रकारहरुको सहभागीता रहेको छ । भेलाले ६ नम्वर प्रदेशको नयाँ नेतृत्व चयन गर्ने समेत वताएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया