सेवा लिनेमा ९४ वर्षका पुरुष र ८० वर्षकी महिला

सुर्खेत, २९ जेठ ।
पश्चिम सुर्खेतको कुनाथरी गाविस वड्डीचौरमा भएको प्रजनन स्वास्थ्य सम्वन्धी निशुल्क शिविरमा २ सय ५० जनाको स्वास्थ्य उपचार गरिएको छ ।
शिविरमा २ सय ३५ जना महिला र १५ जना ६० वर्षमाथीका जेष्ठ नागरिकको उपचार गरिएको गाविस सचिव आनन्द चपाईले वताउनु भयो । गाउँ विकास समिति र स्वास्थ्य चौकी कुनाथरीले संयुक्त आयोजना गरेको शिविरमा स्त्रीरोग विशषज्ञ डा. केशर ढकालको स्वास्थ्य टोलीले उपचार गरेको हो ।
शिविरमा ९४ वर्षका जेष्ठ पुरुष र ८० वर्षका जेष्ठ महिलाको उपचार भएको स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका सचिव चपाईले जानकारी दिनुभयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया