सुर्खेत, २६ जेठ ।
सुर्खेतको काँक्रेविहारलाई गौतम बुद्धको जन्मस्थल लुम्विनीसगँ जोड्न लुम्विनी–सुर्खेत सिधा हवाइ सेवा संचालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन ।
काँक्रेविहारलाई लुम्बिनीपछिको दोस्रो बौद्ध गन्तब्य स्थलको रुपमा विकास गर्न सिधा हवाई सेवा आवश्यक रहेको उनीहरुको भनाई छ ।
लुम्विनी प्रेस क्लव भैरहवाले वीरेन्द्रनगरमा गरेको कार्यक्रमका सहभागीले काँक्रेविहारलाई बौद्ध गन्तव्य वनाउन लुम्बिनी विकास कोषले नै कांँक्रेविहारको संरक्षण गर्नुपर्ने धारणा राखेका छन ।
ऐतिहासिक स्थल काँक्रेविहारलाई प्रमुख पर्यटकिय स्थल वनाउन लुम्बिनी र कांँक्रेविहारलाई जोडेर टुर प्याकेज बनाउनु पर्ने, लुम्बिनी–सुर्खेत–कर्णाली–गण्डकी पर्यटन सर्किट बनाउनुपर्ने अवधारणा पनि उनीहरुले अघि सारेका छन ।
कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रध्यापक डा. उपेन्दकुमार कोइरालाले लुम्बिनीदेखि सुर्खेत हुंदै सुदुरपश्चिमसम्मको पर्यटकीय क्षेत्रलाई जोड्न सके लुम्बिनी आउने लाखौं पर्यटकलाई काँक्रेविहारमा भित्याउन सकिने दावी गर्नुभयो ।
कार्यक्रमा विश्वविद्यालयका रजिष्ट्रार डा.महेन्द्रकुमार मल्ल, सुर्खेतका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठ, सुर्खेत उपत्यका विकास समितिका अध्यक्ष धु्रव चपाई, लुम्विनी विकास कोषका सदस्य सचिव हरिध्वज राई, लुम्विनी क्षेत्र पर्यटन प्रबद्र्धन विकास समितिका अध्यक्ष तुलसी चौधरी लगायतले भनाई राख्नु भएको छ ।
राराखबर । २०७३, २६ जेष्ठ बुधबार