मध्यरातमा तस्करसँग जम्काभेट

13418694_1644660609190176_1456189735876771000_nसुर्खेत, २६ जेठ ।
जिल्ला वन कार्यालय सुर्खेतले ५४ क्युफिट काठ बरामद गरेको छ ।
जिल्ला वन र इलाका वन कार्यालय छिन्चुका कर्मचारीहरुको टोलीले बुधवार लेखपराजुल २ मोहटीबाट सालको चिरान काठ ७९ थान बरामद गरेको हो ।
जिल्ला वन अधिकृत हेमराज विष्टले वन कर्मचारीहरुले मंगलवार रातभर मोहटीमा जाग्राम बसेर अवैध काठ बरामद गरेको बताउनु भयो ।
उहाँले तस्करहरुले ट्युब प्रयोग गरेर काठ भेरी नदी तारिरहेको अवस्थामा वन कर्मचारीहरुले फेला पारेका जानकारी दिनुभयो ।
तस्करहरु भने काठ छोडेर भाग्न सफल भएको बताएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया