बद्री पन्त
जाजरकोट २८, जेठ ।
जाजरकोट जिल्लाको भेरीमालिका नगरपालीका ९ भुरकी ४८ वर्षीय पार्वती विकको जीवनमा नसोचेकै परिवर्तन आएको छ । बस्ने बास, खाने गाँससम्म नभएर कष्टकर जीवन विताएकी उनी अहिले आत्मनिरर्भरको बाटोमा लम्किदै छन । उनी एकल महिलाले पनि केही गर्न सक्छन भन्ने गतिलो उदाहरण बन्न सफल भएकी छिन । गरिबि निबारण कोषको सहयोग पाएपछि उनको जीवनले केल्टे फेर्न थालेको छ ।
१४ बर्ष अगाडी श्रीमानको मृत्यू भएपछि उनको काँधमा घरको सिंगो परिवार धान्ने बोझ आइप¥यो । तर पार्वतीले त्यसलाई बोझ होइन दायित्व सम्झेर सम्मानपुर्वक घर मुलिको भुमिका निर्वाह गरिन । यति मात्र होइन उनले भुरमा सिंगो दलित महिलाहरुका लागि अगुवाको रुपमा काम पनि गदै आएकी छन् ।
जिल्ला विकास समिति अन्र्तगत स्थानिय विकास कोष तथा गरिवी निवारण कोष कार्यक्रमको संयुक्त साझेदारीमा २०६३÷०६४ सालमा भुरमा कार्यक्रम लागु भयो । १ देखि ९ वडा मा २७ वटा समुदायिक संस्था गठन भए पार्वती पनि वासवाँरी सामुदायिक संस्थाको कोषाध्यक्ष बन्ने मौका पाइन । आर्थिक श्रोत कम भएका स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले घुम्तिकोष मार्फत आयआर्जन व्यवसाय संचालनका लागि संस्थालाई ७ लाख ४५ हजार २ सय ४० रुपैया प्राप्त भएपछि संस्थाका ५० जना सदस्यलाई रकम वितरण गरियो । कतिले भैसी पालन र बाख्रापालन व्यवसाय गर्न रकम लिए भने पार्वतीले खुद्रा पसल व्यवसाय सन्चालन गरिन । व्यवसाय संचालनका लागि घुम्तीकोषको ९ हजार ५ सय, आफ्नो ९ हजार ५ सय गरी जम्मा १९ हजार लगानीमा खुद्रा पसल संचालन गरिन ।
आफ्नो सफलताको कथा सुनाउँदै पार्वतीले भनिन – केही वर्ष अघि घरखर्च चलाउन गाह्रो थियो, बस्ने घर थिएन, अर्काको घरमा कोठा लिएर बसे, धेरै दुखका दिन काटे, गाउँ घरमा काम गरेर आनो मानो ल्याउने त्यसैबाट घर खर्च चलाउथे, गाउमा ऋण सापट माग्दा पनि पाइन, संस्थाको सहयोग पाएपछि धेरै राम्रो भयो, एक छोरा र एक छोरीलाई विद्यालय पढाएकी छु, घरव्यवहार चलाउन सहयोग मिलेको छ, उनले भनिन ।
८ वर्ष भयो व्यवसाय गरेको, कार्यक्रम धेरै राम्रो छ, पैसा सिधै संस्थाको खातामा आउने, घुम्तीकोष मार्फत सदस्यलाई सहुलियत ब्याजमा ऋण दिईने, सबैले पैसा चलाउन पाउने, पैसा लेउ व्यवसाय गर आत्मनिर्भर बन भन्ने हाम्रै लागि हो, मान्छे धनको गरीब हुन्छ तर मनको गरीब हुदैन, गरीबका पनि दिन आउने रहेछ, हसिलो अनुहार लगाएर उनले भनिन् । खुद्रा पसल व्यवसाय संचालन गरेर उनले १० लाख बढी रुपैया बचत गर्न सफल भएको बताइ । ५–६ लाखको खुद्रा सामान पसलमा छ । पहिला एक रुपैया नहुने उनी १५÷१६ लाखको मालिक छिन । पहिला आफुलाई सहयोग माग्दा छिमेकीले पत्याउदैनथे, धेरै दुःख पाइयो, गरिब भनेर हेला गर्थे, अहिले मेरो घरमा पैसाको सहयोग गर्नुप¥यो भन्दै छिमेकीहरु सहयोग माग्न आउने गरेका छन्, उनले भनिन् ।
गाउँघरमा सहयोग गर्न पाइएको छ, यसमा मलाई गर्व लाग्छ, सबैले संस्थाको लागि व्यवसाय गर्ने होइन, आफ्नै जीवन सुधारका लागि भविष्यका सन्तानका लागि व्यवसाय गर्नुपर्छ । एकातिर आम्दानी बढ्छ भने अर्कोतिर घरखर्च संचालन देखी विभिन्न कुरामा फाईदा पुग्छ । गाउँघरका दाजुभाई दिदिबहिनीलाई व्यवसायमा लाग्न उनले सुझाव दिइन । उनी अहिले गाउँघरमा हुने साना तिना काम सजिलै समाधान गर्ने गर्छिन । उनले गाउका ३ जना युवालाइ वैदेशिक रोजगारीमा पठाउन प्रति व्यक्ति २ लाख देखि ३ लाख रुपैया सहयोग गरेको बताइ । अर्काको घरमा बस्दै आएकी उनी अहिले आफ्नो घरमा बसेकी छिन । गाउँमा घर जग्गा पनि किनेकी छिन । उनको अहिले २ वटा घर छन । ५ रोपनी जग्गा समेत छ । भने एक हल गोरु, बाख्रा पनि छन ।
जाजरकोटको भुर, पुन्मा जगतिपुर र कार्कीगाउँ गाविसहरुमा स्थानीय विकास कोषको सचिवालयले गरिबी निवारण कोषको कार्यक्रम संचालन गरेको छ । स्थानीय बासिन्दालाई संस्थागत विकास, क्षमता विकास र आयआर्जन व्यवसाय संचालन गर्ने देखि भौतिक पुर्वाधार विकास कार्यक्रम निर्माण जस्ता काम गर्दै आएको स्थानीय विकास कोष तथा गरिबी निवारण कोष कार्यक्रमका कार्यक्रम संयोजक धनबहादु रावतले बताए ।
फोटो क्याप्सनः गरिबी निवारण कोषको सहयोग पाएपछि खुद्रा पसल व्यवसाय संचालन गरेर आत्म निर्भर बन्न सफल पार्वती विक । तस्वीर बद्री पन्त÷ जाजरकोट
राराखबर । २०७३, २७ जेष्ठ बिहीबार