कपडा सिलाईको ज्याला बृद्धि हेर्नुहोस अव कुन कपडा सिलाउँदा कति पैसा तिर्नुपर्छ ?

सुर्खेत, ७ भदौ ।
सिलाई कटाई टेलर्स संगठन सुर्खेतले महिलाको कपडा सिलार्ईको १५ प्रतिशत र पुरुषको कपडा सिलाईको १२ प्रतिशतले ज्याला बृद्धि गरेको बताएको छ ।
बढ्दो महंगीले गर्दा मजदुृरहरुको तलव बृद्धि गर्नु पर्ने भएकोले ज्याला बढाउनु पर्ने अवस्था सृजना भएको संगठनका अध्यक्ष कालीबहादुर नेपालीले जानकारी दिनुभयो ।
11उहाँले सिलाई कटाईमा काम गर्ने मजदुरहरुको तलव ३८ प्रतिशतले बृद्धि गरिएको समेत उल्लेख गर्नुभयो ।
सुर्खेतमा तीन वर्षपछि सिलाई कटाईको ज्यालामा बृद्धि गरिएको संगठनका सल्लाहकार अस्मान शाहीले जानकारी दिनुभयो ।
आइतवार सुर्खेतको वीरेन्द्रनगरमा भएको संगठनले भेलाले हिजो ( सोमवार) देखि लागु हुने गरी सिलाई कटाई ज्याला बृद्धि गरेको उहाँले बताउनु भयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया