संकटमा भैसीपालन व्यवसाय

बद्री पन्त
जाजरकोट २९, साउन
जाजरकोट जिल्लामा पछेल्लो समय भैंसीपालन व्यवसाय लोप हुदै गएको छ । भैंसी पालक कृषकको संख्या घट्दै गएपछि व्यवसाय लोप हुदै गएको हो ।
जिल्लामा बढ्ढै गैरहेको बन अतिक्रमणले पनि भैंसी पालन व्यवसायमा समस्या पारेको छ । दिन प्रतिदिन बन जंगल मासिदै गएपछि भैंसीलाई खुवाउने घाँसको अभाव तथा चरिचण क्षेत्र नहुदा भैंसी पालन व्यवसाय घटेको हो ।
जिल्लाको ३ नगरपालिका तथा ४ गाउँपालिकामा भैंसीपालन व्यवसाय पछेल्लो समयमा हराउदै गएको छ । भैंसीका लागि चरण क्षेत्रको अभाव भएको बारेकोट ८, लैखमका भैंसी पालक कृषक नरबहादुर खत्रीको भनाई छ ।
१०÷१५ बर्ष अगाडीसम्म भैंसी पालनको सम्भावना राम्रो थियो । एक जना कृषकका घरमा १५ वटा भन्दा बढी भैसी पालन गरेका हुन्थे । तर आजभोली १÷२ वटा मात्र मुश्कीलले भैसी पालेको देखिन्छ, उनले भने । अहिले आएर हराउन थालेको छ ।


भैंसी पालन व्यवसाय ढिला गरी फस्टाउँदै जाने गरेका कारण भैंसी प्रतिको कृषकको आकर्षण घटेको कृषक शान्त खत्रीले बताए । अन्य व्यवसाय भन्दा भैंसीलाई धेरै मेहनत गर्नु पर्ने र आम्दानी कमै हुने कृषकको, उनको भनाइ छ । भैंसी पालनको लागि पकेट मानिएको लहँ, डाडागाउँ, ढिमे, पैक, खगेनकोट, सक्ला लगाएतका स्थानमा भैंसीको संख्या घट्दै गएको छ । नयाँ पुस्ताका युवाहरुको विदेश पलाइन तथा अन्य पेशा व्यवसाय जस्ता कारणले जाजरकोटमा भैंसी पालन व्यवसाय लोप हुने अबस्थामा पुगेको कृषक जयबहादुर खत्रीको भनाइ छ । भैंसी पालक कृषकका जिल्लामा कुनै पनि आकर्षक कार्यक्रम सन्चालन नहुदा यो पेशा संकटमा परेको हो, उनले भने ।
पशुपालक कृषकका लागि पशु आहारा, पशु स्वास्थ्य, तालिम तथा प्रसार, व्यावसायीक फार्म सुदृढीकरण र बजारीकरण कार्यक्रममा लगानी नगरेका कारण यो पेशा लोप हुदै गएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहको भनाइ छ । भैंसी पालन व्यवसाय लोप हुदा जिल्लामा दुध, दहि तथा घिउको अभाव खट्कीदै गएको छ, उनले भने ।
पशु चौपायहरुमा विभिन्न रोगको संक्रमण हुदा समेत कृषकले सेवा पाउन नसकेको कृषक रमेश खत्रीले बताए । जाजरकोटमा १ हजार कृषक भैंसीपालन व्यवसायमा संलग्न रहेका छन ।
किन बढ्दै भैंसी तस्करी ?
जाजरकोटबाट भैंसी तस्करी हुन थालेको महिनौं बितेको छ । सयौं भैसीको तस्करी भइसकेका छन् । स्थानीय तहले भैसी संरक्षण गर्ने र काटमारका लागि बाहिर लैजान नदिने निर्णय गरे पनि उक्त निर्णयविपरीत तस्करी हुने गरेको बारेकोट ८ का रामचन्द्र शर्माले बताए ।
संरक्षणको निर्णय गर्ने भेरी र नलगाड नगरपालिकाबाटै भैसी बाहिर पठाउने क्रम बढ्दो छ । एउटा भैसी २० देखि ३० हजार रुपैयाँमा बिक्री हुने गरेको छ । अधिकांश भैंसी मासुका लागि जिल्ला बाहिर जाने गरेका छन् । जिल्लाबाट ५ सय ५० भैंसीको तस्करी भएको स्थानीय लभकुश वलीले बताए । आजभोलि गाउमा भैंसी नै पाउन छाडेको उनले वताए । आर्थिक प्रलोभनमा भैंसी बाहिर पठाउने क्रम बढदै गएको छ । नलगाड नगरपालिकाले भैंसी बाहिर लैजान रोकेको नगरप्रमुख टेकबहादुर रावलले वताए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया