भुकम्प पीडितबाट असुलेको रकम फिर्ता गर्न स्थानीय प्रशासनको वडालाई निर्देशन

दिपेन्द्र शर्मा / बिष्णु रावल

जाजरकोट

भुकम्प पिडितबाट असुलेको रकम फिर्ता गर्न जिल्ला  प्रशासन कार्यालय जाजरकोटले सम्वन्धित वडालाई निर्देशन दिएको छ ।

कार्यविधिले गरेको व्यवस्था भन्दा बाहिर गएर कही कतै कुनै व्यक्ति, संस्था वा निकायले लाभग्राहीबाट रकम असुल्न नुहने प्रशासनले बताएको छ ।

अनेक प्रपञ्ज रचेर भुकम्प पिडितसँग कुनै पनि बाहानामा शुल्क दस्तुर रकम असुल्न नपाइने उल्लेख गदै असुलेको रकम तत्काल फिर्ता गर्न नलगाड वडा नम्वर ३ लाई निर्देशन दिएको छ ।

असुल गरेको रकम फिर्ता नगरे र थप रकम असुले कडा कारवाही गर्ने चेतावनी समेत प्रशासन कार्यालयले दिएको छ ।

गत कार्तिक १७ गते गएको भुकम्पबाट क्षति भएका घरहरूलाई तत्काल बस्नको लागि अस्थायी आवास निर्माणको लागि  सरकारले ५० हजार पैसा दिएको थियो ।

तर नलगाड नगरपालिका ३ नम्वर वडाले आफैले निर्णय गरेर लाभग्राहीबाट प्रति घर हजार रुपैया असुलेको थियो ।

जिल्ला प्रशासन कार्यालयल जाजरकोटले रकम असुलेको प्रति विभिन्न गुनासो आएकोले आफ्नो ध्यानाकर्षण भएको भन्द रकम फिर्ता लिन निर्देशन दिएको हो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया