हामी युवा र हाम्रो दायित्व

 अगस्ट १२, अन्र्तराष्ट्रिय युवा दिवश । विश्वभरि नै युवासँघ सम्बन्धित संघसंगठनहरुले विभिन्न कार्यक्रम गरि यो दिवश मनाइरहेका छन् ।  युवा शक्ति राज्यको अमुल्य सम्पत्ति हो । युवा शक्ति नै राज्यको परिवर्तनको वाहक शक्ति हो । युवाहरूलाई आर्थिक ,सामाजिक ,राजनीतिक र सांस्कृतिक रूपान्तरणका संवाहक शक्ति पनि हुन् । युवाहरू राष्ट्र निर्माणका धरोहर पनि हुन । समाज परिवर्तनमा महत्वपुर्ण भुमिका खेल्न सक्ने जोश, जाँगर र शक्ति नै तन्नेरी युवाहरूमै छ । केही परिवर्तन गर्न चाहने युवाहरूले सुरु आफैंबाट गर्नु पर्छ भने झै समृद्ध कर्णाली निर्माणका लागि तन्नेरी युवाहरूले  कर्णालीमा भएका छुवाछूत , अन्याय ,अत्याचार,दमन,शोषण,बलात्कार आदि अमानवीय कार्यहरूको अत्य गर्नका लागि अग्रणी भुमिका खेल्न आवश्यक छ ।

युवाहरू भोलिका भविष्यमात्र नभएर आजका बर्तमान पनि हुन् । उनीहरूको चौतर्फी बिकास गर्दै भविष्यमा देशको नेतृत्व लिनको लागि सक्षम वनाउन आवश्यक छ ।  राज्यको सबै अङ्गमा उनीहरूको सहभागिता हुनु जरुरी छ ।  राज्यको सबै अङ्गमा उनीहरूको पहुँच पुर्याउन तथा आर्थिक, सामाजिक विकासमा तन्नेरी युवाहरूको सहभागिता बढाउन जरुरी छ । युवाहरूलाई विकास निर्माण र सकारात्मक परिवर्तनमा लगाउने हो भने समृद्ध कर्णालीको सपना साकार हुन सक्छ  ।
कर्णालीका जनतालाई विकासको पुर्वाधार निर्माण, स्तरीय जीवनशैली, सुविधायुक्त शहर,स्तरीय स्थास्थ्य सेवा,सफा गाउँघर,उत्कृष्ट शैक्षिक क्षेत्रको आवश्यकता रहेको छ । तर यी सवै कुरा  कर्णालीका जनताका लागि मात्र सपना वनेका छन् । हाम्रा अनगिन्ती सम्भावनाहरू उपभोग हुन नसकेर थन्किएका छन् । दैलेखको ज्याला,जुम्लाको सिँजा उपत्यका,डोल्पाको सेफोक्सुन्डो, मुगुको रारा ताल, सुर्खेतको बुलबुले मात्रै अक्षरमा संभावनाको रुपमा उल्लेख भएका छन् , व्यवहारमा संभावनायुक्त वनाउन सकिएको छैन् ।
धेरै क्षेत्र प्रचारप्रसारको अभावमा ओझलमा परेको छ ।अन्य अनगिन्ती सम्भावनाहरूको सदुपयोग गर्ने सकिएको छैन । अखिर किन सम्भव हुन सकिरहेको छैन त ? समृद्ध कर्णालीको यात्रामा कहाँ निर व्रेक लागेको छ  ? यस बिषयमा बहस हुन जरुरी छ ।हरेक बर्ष बिदेश जानका लागि तयार हुने कर्णालीका युवाहरूको लस्करलाई उचित व्यवस्थापन गरेर रोक्न सकिएन भने यो एक पुस्ता कर्णालीको नौलो हुन सक्छ । कर्णालीका युवाहरूलाई कर्णाली विर्सन दिनु हुदैन ।
आज कर्णालीको भविष्यका कर्णाधार उत्पादन गर्ने मध्यपश्चिमाञ्चल विश्वविद्यालय जस्तो पवित्रा भुमिमा उपकुलपति ,रजिस्ट्रार ,प्राध्यापक,जस्तो पदमा नियुक्ति गर्दा व्यक्तिको विज्ञता ,विशिष्टता ,ज्ञान ,क्षमता भन्दा पनि राजनीतिक पृष्ठभूमिलाई बढी मान्यता , मुल्यांकनको आधार बनाइन्छ । यस प्रकारका कदमबाट कर्णालीको  शिक्षा सुधारन्मुख भन्दा पनि कर्णालीले पाउने भन्दा पनि गुमाउने नै बढी हुन्छ । विश्वविद्यालयलाई राजनीतिक परिक्षणको थलो बनाएको छ । कर्णालीलाई राजनीतिक चुङगलबाट मुत्त पार्नका लागि हरेक क्षेत्रमा पद ओगटने सस्कृतिको अन्त्य गर्ने जरुरी छ । कर्णाली सञ्चालन गर्ने विभिन्न क्षेत्रका विभिन्न पदमा एकै उमेर हकबन्दी छैन। जसले गर्दा नविन सोच,विचार ,आत्मबल र मनोबल भएका तन्नेरी युवाहरू अवसरको खोजीमा भौतारिएका छन् । जीवनको पाँच छ दशक पार गरेका नेताहरू पनि नेतुत्वमा रहिरहनु पर्छ भन्ने भ्रमले गर्दा आज जोस जाग्रर भएका तन्नेरी युवा पछाडि परिरहेको छन् ।यदि यही सस्कार संस्कृतिको पालना गर्ने हो भने समृद्ध कर्णालीको सपना देख्नु र एक हातले सुर्य छेक्नु एकै हो । कर्णाली प्रदेश नेपालको कम विकास भएको प्रदेश, नेपालको सबै भन्दा कम साक्षरता दर भएको प्रदेश,सबै भन्दा कम प्रति व्यक्ति आय भएको प्रदेश,सबैभन्दा बढी बाल मुत्यदर भएको प्रदेश आदि कर्णाली प्रदेशको नामको पछाडि जोडिने उपनाम कहिले सम्म आउने हो, अहिल्यै भन्न सकिदैन ।
कर्णालीको पछिल्लो विकासको अवलोकन गर्दा समृद्ध कर्णालीको बादकसमयमा नै योजना सम्पन्न नहुने त्यसमा पनि अनुमानित बजेटको सीमा भित्र पुरा हुन नसक्ने नै प्रमुख कारण हुन् । कानुनी झन्झटिलो प्रकृया आवश्यक राजनीतिक हस्तक्षेप व्यवस्थापकिय असज्ञमता आदि कर्णालीले भोगि रहेमा समस्य हुन् । विकास निर्माणका विभिन्न भाषण दिन जान्ने हाम्रो कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री र नेताहरूले हामी भाषण सुनेर नथाकेका हामी कर्णाली बासी जनताहरू विभिन्न देशका उदाहरण दिन्छौं तर कहिलेकाहीँ पनि हेदैनौ हामी त्यस्तै अहिले राजनीतिक बजार तताईरहेका युवा शक्तिहरूलाई कर्णालीका राजनीतिक पार्टीहरू ले तन्नेरी युवालाई कसरी समेटलान् त्यो त हेर्ने बाकी नै छ तर युवाहरूको जोस जागर रूचि दक्षता उच्च आत्मबल र मनोबलका साथ आए भने साँच्चिकै कर्णाली प्रदेश समृद्ध बने छ भन्नेमा दुई मत छैन ।
 ( गौतम मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनरत छन् )




फेसबुकबाट तपाईको प्रतिक्रिया