मन्त्रालय र विश्वविद्यालयवीच समझदारी

सुर्खेत, २२ पुष ।
कर्णाली प्रदेशको कृषि विकासमा सहकार्य गरी अगाडी वढ्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दुई वटा विश्वविद्यालयसँग समझदारी गरेको छ ।
मन्त्रालयले मध्यपश्चमाञ्चल विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवानसँग ससझदारी गरेको हो ।
सोमवार बीरेन्द्रनगरमा मन्त्रालय र दुई वटा विश्वविद्यालयवीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. शारदा थपलिया तथा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका निमित रजिस्ट्रार यम बहादुर कार्कीले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले सझदारी पत्र प्रदेशको कृषि विकासको लागि कोसेढुंगा हुने बताइन् । समझदारी पत्रमा हस्ताक्षर गदै सचिव भारीले यसले कर्णालीको कृषि विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।
समृद्ध कर्णाली र सुखी कर्णालीवासीको लक्षलाई सफल बनाउन प्रदेशको आवश्यकता र प्राथमिकताको आधारमा अनुसन्धान तथा विकासका कार्यमा सहकार्य गर्ने समझदारी पत्रमा उल्लेख गरिएको छ ।

मन्त्रालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयवीचको समदारी पत्रकार वुदाहरु मन्त्रालयले
यस प्रदेशमा गर्ने कृषिसंग सम्वन्धित अनुसन्धान, तालिम, अध्ययन, अनुसन्धान तथा अन्य कार्यका लागि विश्वविद्यालयलाइ स्थान र थलो उपलव्ध गराउने,
विश्वविद्यालयले यस प्रदेशमा पठाउने इन्टर्नरविद्यार्थीहरुलाई तालिम र ओजेटीका लागि स्थान उपलव्ध गराउने तथा आवश्यक संलग्न गराउने,
विश्वविद्यालयले यस प्रदेशमा गर्ने अनुसन्धान कार्यको लागि सहजिकरण तथा समन्वय गर्ने,
विश्वविद्यालयले यस प्रदेशमा आफ्ना विद्यार्थीहरुबाट गरिने सोधकार्यका लागि सहजिकरण तथा समन्वय गर्ने,
विश्वविद्यालयले यस प्रदेशमा विशेष गरी प्रांगारिक कृषिको क्षेत्रमा नयां नयां प्रविधिको प्रयोग तथा उत्पादन गर्ने कार्यमा समन्वय गर्न,
विश्वविद्यालयले कृषिसंग सम्वन्धित विषयका पाठ्यक्रमहरुको निर्माण तथा परिमार्जन गर्ने कार्यमा राय तथा सुझाव प्रदान गर्ने,
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले
कर्णाली प्रदेशमा हुने कृषिसंग सम्वन्धित तालीम, अनुसन्धान, अध्ययन तथा योजनारपरियोजना कार्यान्वयनमा प्राविधिक सहायता प्रदान गर्ने,
विभन्न किसिमको तालिम, अध्ययन भ्रमण, सिकाइ आदान प्रदान, तथा उच्च शिक्षा अध्ययनको माध्यमबाट मन्त्रालयका प्राविधिक जनशक्तीहरुको क्षमता विकास गर्ने,
आवश्यक परेमा अन्य विश्वविद्यालय, सरकारी तथा गैह्रसरकारी निकायहरुसंग सहकार्य गरी मन्त्रालयलाई प्राविधिक सहयोगका लागि समन्वय तथा सहकार्य गर्ने,
मन्त्रालयको लागि कृषिसंग सम्वन्धित भौतिक संरचनाहरुको निर्माण, सुपरिवेक्षण, डिजाइन, यस विषयमा संस्थागत क्षमता विकास र सम्वन्धित प्राविधिक जनशक्ती विकास कार्य एवं अध्ययन, अनुसन्धानमा कार्यमा समन्वय, सहकार्य तथा प्राविधिक सहयोग गर्ने,
कर्णाली प्रदेशमा प्रांगारिक तथा जैविक कृषि उत्पादन प्रणालीको विकास गर्न मन्त्रालयलाइ आवश्यक प्राविधिक सहायता प्रदान गर्ने,
मन्त्रालय र विश्वविद्यालयको संयुक्त जिम्मेवारी
कर्णाली प्रदेशमा संयुक्त रुपमा कार्यान्वयन हुने अनुसन्धान तथा विकाससंग सम्वन्धित आयोजनारपरियोजना प्रस्तावहरु संयुक्त रुपमा तयार गर्ने
कर्णाली प्रदेशमा मन्त्रालयलाइ आवश्यक पर्ने अध्ययन, अनुसन्धान, तालिम, तथा परामर्श सेवाका कार्यहरुको कार्यशर्त विवरण संयुक्त रुपमा तयार गर्न,
कर्णाली प्रदेशमा संयुक्त रुपमा कार्यान्वयन हुने अनुसन्धान तथा विकाससंग सम्वन्धित आयोजनारपरियोजना तथा कार्यक्रमहरुको संयुक्त रुपमा अनुगमन तथा सुपरिवेक्षण गर्ने,
आपसी समन्वयमा अनसन्धानका नतिजाहरु प्रकाशन तथा वितरण गरिनेछ, प्रकाशनमा एक अर्काको योगदानको उचित कदर गरिनेछ र वास्तविक सूचना तथा अनुसन्धानको नतिजाको आधारमा प्रसार सेवालाइ लगिनेछ
समझदारी पत्रको प्रभावकारिता
हस्ताक्षर भएको मिति देखिनै यी समझदारीपत्र लागु हुनेछ । यदि यसमा संशोधन गर्नु परेमा एक पक्षले आर्को पक्षलाइ लिखित रुपमा अनुरोध गर्नुपर्नेछ । यो समझदारी पत्रको अवधि पांच वर्षको हुनेछ । तथापि, दुवै पक्षको आपसी समझदारीमा यसको अवधि थप गर्न सकिनेछ ।

हस्ताक्षरपछि समझदारी पत्र आदान प्रदान गदै मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारी र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका निमित रजिस्ट्रार यम बहादुर कार्की ।

मन्त्रालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयवीचको समझदारी पत्रका बुदाहरु
मन्त्रालयले
यस प्रदेशमा गर्ने कृषिसंग सम्वन्धित अनुसन्धान, तालिम, अध्ययन, अनुसन्धान तथा अन्य कार्यका लागि विश्वविद्यालयलाइ स्थान र थलो उपलव्ध गराउने
विश्वविद्यालयले यस प्रदेशमा पठाउने इन्टर्नरविद्यार्थीहरुलाइ तालिम र ओजेटीका लागि स्थान उपलव्ध गराउने तथा आवश्यक संलग्न गराउने
विश्वविद्यालयले यस प्रदेशमा गर्ने अनुसन्धान कार्यको लागि सहजिकरण तथा समन्वय गर्ने
विश्वविद्यालयले यस प्रदेशमा आफ्ना विद्यार्थीहरुबाट गरिने सोधकार्यका लागि सहजिकरण तथा समन्वय गर्ने
विश्वविद्यालयले यस प्रदेशमा विशेष गरी प्रांगारिक कृषिको क्षेत्रमा नयां नयां प्रविधिको प्रयोग तथा उत्पादन गर्ने कार्यमा समन्वय गर्ने र
विश्वविद्यालयले कृषिसंग सम्वन्धित विषयका पाठ्यक्रमहरुको निर्माण तथा परिमार्जन गर्ने कार्यमा राय तथा सुझाव प्रदान गर्ने
कृषि तथा वन विज्ञान विश्वविद्यालयले
कर्णाली प्रदेशमा हुने कृषिसंग सम्वन्धित तालीम, अनुसन्धान, अध्ययन तथा योजनारपरियोजना कार्यान्वयनमा प्राविधिक सहायता प्रदान गर्ने
विभन्न किसिमको तालिम, अध्ययन भ्रमण, सिकाइ आदान प्रदान, तथा उच्च शिक्षा अध्ययनको माध्यमबाट मन्त्रालयका प्राविधिक जनशक्तीहरुको क्षमता विकास गर्ने
आवश्यक परेमा अन्य विश्वविद्यालय, सरकारी तथा गैह्रसरकारी निकायहरुसंग सहकार्य गरी मन्त्रालयलाइ प्राविधिक सहयोगका लागि समन्वय तथा सहकार्य गर्ने
कर्णाली प्रदेशमा प्रांगारिक तथा जैविक कृषि उत्पादन प्रणालीको विकास गर्न मन्त्रालयलाइ आवश्यक प्राविधिक सहायता प्रदान गर्ने
मन्त्रालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयको संयुक्त जिम्मेवारी
कर्णाली प्रदेशमा संयुक्त रुपमा कार्यान्वयन हुने अनुसन्धान तथा विकाससंग सम्वन्धित आयोजनारपरियोजना प्रस्तावहरु संयुक्त रुपमा तयार गर्ने
कर्णाली प्रदेशमा मन्त्रालयलाइ आवश्यक पर्ने अध्ययन, अनुसन्धान, तालिम, तथा परामर्श सेवाका कार्यहरुको कार्यशर्त विवरण संयुक्त रुपमा तयार गर्ने
कर्णाली प्रदेशमा संयुक्त रुपमा कार्यान्वयन हुने अनुसन्धान तथा विकाससंग सम्वन्धित आयोजनारपरियोजना तथा कार्यक्रमहरुको संयुक्त रुपमा अनुगमन तथा सुपरिवेक्षण गर्ने
आपसी समन्वयमा अनसन्धानका नतिजाहरु प्रकाशन तथा वितरण गरिनेछ, प्रकाशनमा एक अर्काको योगदानको उचित कदर गरिनेछ र वास्तविक सूचना तथा अनुसन्धानको नतिजाको आधारमा प्रसार सेवालाइ लगिनेछ
समझदारी पत्रको प्रभावकारिता
हस्ताक्षर भएको मिति देखिनै यी समझदारीपत्र लागु हुनेछ । यदि यसमा संशोधन गर्नु परेमा एक पक्षले आर्को पक्षलाइ लिखित रुपमा अनुरोध गर्नुपर्नेछ । यो समझदारी पत्रको अवधि पांच वर्षको हुनेछ । तथापि, दुवै पक्षको आपसी समझदारीमा यसको अवधि थप गर्न सकिनेछ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया