प्रमिशा मिस नेपाल एसईईको सेकेन्ड रनरअप

सुर्खेत । मिस नेपाल एसईई-२०२१ मा कर्णालीबाट एकमात्र प्रतिस्पर्धी रहेकी प्रमिशा सेजुवाल सेकेन्ड रनर अप भएकी छिन् । अभ्यानी प्रोडक्सनद्वारा शनिबार काठमाडौंमा आयोजित अन्तिम प्रतिस्पर्धामा उनले सो उपाधी जितेकी हुन् ।
प्रतियोगितामा काठमाडौंकि निकिता खड्का विजेता र काठमाडौंकि प्रिया गौतम फर्स्ट रनर अप भइन । आयोजक अभ्यानी प्रोडक्सनका सुईओ अभिविन खनियाका अनुसार अनलाइन माध्यमबाट लिइएको अडिसनमा सहभागी देशभरका करिब ५ सय विद्यार्थीमध्येबाट २२ प्रतियोगी छ्नोट भएका थिए ।

प्रतियोगिताको लागि छनोट भएकालाई ३ साता लामो तालिमपश्चात शनिबार ग्रान्ड फिनाले गरिएको हो ।
कार्यक्रममा सेजुवालले भविष्यमा कानून विषय अध्ययन गरेर सामाजिक न्यायको लागि योगदान दिने उद्देश्य सुनाएकी थिइन् । सेजुवालले यश वर्षको एसईईमा सुर्खेतको चिल्ड्रेन प्याराडाइज माध्यमिक विद्यालयबाट ३.९ जिपिए ल्याएर उत्तीर्ण गरेकी हुन् ।

प्रमिशा नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष तथा कान्तिपुर दैनिक कर्णाली प्रदेशका व्यूरो प्रमुख कलेन्द्र सेजुवालकी छोरी हुन ।




फेसबुकबाट तपाईको प्रतिक्रिया