यसरी मनाइयो एसओएस सुर्खेतमा युवा दिवस

सुर्खेत, २७ साउन ।
शिक्षामा रुपान्तरण उघमशीलता र नवप्रवर्तन भन्ने नाराका साथ अन्तराष्ट्रिय युवा दिवस सुर्खेतमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
दिवसको अवसरमा युवाहरुको व्यापक सहभागितामा अमेरिकन कर्नर सुर्खेत युथ फोरम , एसओएस बालग्राम, एसओएसहर्मन माईनर विद्यालयको संयुक्त आयोजनामा रचनात्मक अन्तरक्रियात्मक कार्यक्रमहरु गरेर भव्य रुपमा मनाइएको छ ।
कविता वाचन, सांगितिक प्रस्तुति, नृत्य, अभिप्रेणात्मक वक्तव्य, युवा व्यावसायिक अन्तरक्रिया, सफल कथा वाचन, अनुभव साझा गर्ने गरिएको थियो ।


यस्तै अमेरिकन कर्नर ईलाम र अमेरिकन कर्नर विराटनगरले कार्यक्रममा भ्रचुअल सहभागित जनाएको एसओएस बालग्राम सुर्खेतले जनाएको छ ।
तीनवटा जिल्लाका युवाहरुलाई एकै मञ्चमा जोडेर पहिलो पटक कार्यक्रम गरिएको हो । कार्यक्रममा बालग्रामका निर्देशक मुकुन्दकुमार गिरीले देश निर्माणमा युवाको भूमिका अहंम हुने बताए । युवा शब्द आफैमा एक जागरण हो उनले भने, जसलाई उल्टो बनाउँदा अर्को शब्द वायु बन्दछ । त्यसैले देशलाई परिवर्तन गर्न सक्ने ताकत युवामा मात्र छ ।
कार्यक्रममा बालरोग विशेषज्ञ डा.नवराज केसी विद्यालयको औपचारिक ज्ञान र पुस्तकले विद्याथीको २५ प्रतिशत जीवन सुखी बनाउने उल्लेख गरे । उनले भने, बाकी जीवन खुशी बाडेर समाजका लागी बाँच्नु पर्छ ।
कार्यक्रमको दोस्रो चरणमा सुर्खेत उद्योग वाणीज्य संघका पदाधीकारीहरुसंग उद्यमशिलता, व्यवसाय र युवाका विषयमा छलफल गरिएको थियो ।


हर्मन माविकी विद्यार्थी अनिता शाहिले कार्यक्रमका सहभागीलाई विभिन्न विषयमा जिज्ञासा राखेकी थिइन् ।उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले युवालाई उद्यमशिलता र व्यवसायमा लाग्न आग्रह गरे । यस्तै कोषाध्यक्ष भद्र भण्डारीले युवालाई सफल भन्दा पनि असल हुन सुझाव दिए ।
अमेरिकन कर्नर युथफोरमका कवि विज्ञान राज कार्की र अर्नुुन आचार्यले कविता प्रस्तुत गरेका थिए । अमेरिकन कर्नर युथ फोरमलाई प्रतिनिधित्व गदै संयोग नेपाल म्युजिक व्यान्डले भव्य प्रस्तुति गरेको थियो ।
कार्यक्रममा युवा संगीतकार रविन खड्काले गीत प्रस्तुत गरे । सांगीतिक कार्यक्रमको मुख्य आकर्षण भने सुर्खेतकै पहिलो महिला ड्रमर सपना वुढा मगर भइन् । संगीतकार प्रशान्तजंग शाहीको गितार बजाउने कला पनि प्रंशसायोग्य थियो ।
अमेरिकन कर्नर युथ फोरमका सदस्य दिव्य राज खड्काले आफ्नो जीवनकथा, चुनौती र अनुभव साट्दै युवालाई अभिप्रेणा दिने प्रयास गरे ।  अर्को युवा नविन देवकोटालई विद्यार्थी जीवन, भविष्य र सफलताका बारेमा चर्चा गरेका थिए ।
यस्तै अमेरिकन कर्नर सुर्खेतका कार्यक्रम संयोजक हृदेश कुमार केसी कर्नरमा हुने कार्यक्रममा युवाको सहभागीतामा जोड दिए ।
कार्यक्रममा एसओएएस हर्मन माइनर माविका प्राचार्य जगदिश ढकालले युवाको वृद्धि विकासमा सहयोग हुने खालका कार्यक्रम बनाएर सभ्य समाजको परिकल्पना गर्न युवाहरुलाई प्रोत्साहन गर्ने बताए । कार्यक्रम टिका पाण्डेले गरेकी थिइन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया