सुर्खेत,१८ मंसिर ।
मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जुल्लाको चन्दननाथ मन्दिरका मुर्तिहरु चोरी भएको घटनाको अनुसन्धान साँघुरिदै गएको बताएको छ ।
प्रहरी प्रधान कार्यालयवाट खटिएको सिआइवी र क्षेत्रीय प्रहरी कार्यालयवाट खटिएको क्षेत्रीय अनुसन्धान व्यूरोको टोलीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।
अनुसन्धान टोलीले मन्दिरका पुजारी, डियूटीमा खटिएका प्रहरी, मन्दिरको भवन जिर्णोदारमा खटिएका कामदारसहितलाई केन्द्रमा राखेर अनुसन्धान अघि वढाएको छ ।
अनुसन्धानकै क्रममा रहेकोले मुर्तिहरु चोरीमा कसको संलग्नता रहेको छ भन्ने कुरा अहिले एकीनका साथ भन्न नसकिने क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।
मध्यपश्चिमका प्रहरी प्रमुख डिआइजी माधव नेपालले अनुसन्धानको घेरा साँघुरिदै गएकोले केही दिनभित्रै मुर्तिहरु पत्ता लाग्ने सम्भावना बढेको बताउनु भयो ।
सिआइवीको टोलीलाई क्षेत्रीय व्यूरोको टोलीले अनुसन्धानमा सघाई रहेको उल्लेख गदै उहाँले चाँडो भन्दा चाडो मुर्तिहरु पत्ता लाग्ने र दोषीहरुमाथी कडा कारवाही हुने उहाँले जानकारी दिनुभयो ।
मुर्तिहरु चोरी भएको विषयलाई प्रहरी प्रधान कार्यालय र स्वयम संगठन प्रमुखले समेत उच्च चासोका साथ लिएको भन्दै डिआइजी नेपालले अनुसन्धान एकदमै दरो रुपमा भैइरहेकोले छिटटै मुर्तिहरु पत्ता लाग्ने सम्भावना बढेको दावी गर्नुभयो।
अनुसन्धानको दायरा साँघुरिदै गएकोले चाडो भन्दा चाडो मुर्तिहरु निकल्ने कुरामा प्रहरी आशावादी छ डिआइजी नेपालले भन्नुभयो ।
चोरी भएका मुर्तिहरु वाहिर लैजान नसकुन भनेर मध्यपश्चिम क्षेत्रका १५ देखि १७ ठाउँका नाकावन्दी गरिएको र प्रहरीलाई उच्च सर्तकतामा राखेर परिचालन गरिएको पनि डिआइजी माधव नेपालले जानकारी दिनुभयो ।
मुर्तिहरुको खोजी गर्नको लागि सादा पोशाकमा पनि प्रहरी परिचालन गरिएको छ । यही मंसिर ११ गते राती चन्दननाथ मन्दिरका मुर्तिहरु चोरी भएपछि प्रहरीले सिआइवीलाई जुम्ला पठाएर घटनाको गहन अनुसन्धान गरिरहेको छ ।
जिल्ला सुरक्षा समिति र सर्वदलिय सर्वपक्षिय बैठकको आग्रहमा प्रहरीले सिआइवीको टोलीलाई घटनाको अनुसन्धान गर्नको लागि जुम्ला पठाएको प्रहरीले जनाएको छ ।
मुर्ति चोरी भए लगत्तै प्रहरी प्रधान कार्यालयले उच्च चासो देखाउदै अनुसन्धानको लागि अपराध अनुसन्धान विभागका प्रमुख एआइजी विज्ञानराज शर्मा, मध्यपश्चिमका प्रहरी प्रमुख डिआइजी माधव नेपाल लगायत सिआइवी र क्षेत्रीय अनुसन्धान व्यूरोको टोलीलाई जुम्ला पठाएको थियो ।
कर्णाली अन्चलकै प्रशिद्ध चन्दननाथ मन्दिरका मुर्तिहरु एकाएक चोरी भएपछि सर्वसाधारणले पनि आफनो तर्फवाट खोजी कार्यलाई तिव्रता दिदै आएका छन । उनीहरुले देउता हेराउने देखि अनुसन्धानमा प्रहरीलाई सक्दो सहयोग गदै आएको छन ।
डिएसपीको नेतृत्व रहेको सिआइवी र इन्स्पेक्टरको नेतृत्वमा रहेको क्षेत्रीय अनुसन्धान व्यूरोको टोलीले मुर्ति चोरी भएको घटनाको अनुसन्धान गरिरहेको छ ।
राराखबर । २०७३, १८ मंसिर शनिबार