सासद शाहको पहलमा जाजरकोटमा १५० नयाँ घर निर्माण

जाजरकोट,६ असोज ।
जनता आवास कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा सुर्खेत, जाजरकोट र दैलेखमा १ हजार ३ सय २५ वटा नयाँ घर निर्माण भएका छन । सरकारले २०६६÷६७ वाट सिमान्तकृत समुदायको लागि जनता आवास कार्यक्रम संचालन गदै आएको छ ।
तराईका सप्तरी, सिराह र कपिल्वस्तु जिल्लावाट सुरु भएको यो कार्यक्रम आर्थिक वर्ष २०६८÷६९ वाट सुर्खेत, दैलेख र जाजरकोटमा लागु भएको थियो ।
यो कार्यक्रम लागु भएपछि अघिल्लो आर्थिक वर्षसम्ममा सुर्खेतमा १ सय ८३, जाजरकोटमा ५५ र दैलेखमा ५२ वटा घर निर्माण भएका थिए । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सुर्खेतका इन्जियिनर झंकबहादुर थापाले चालु आर्थिक वर्षमा सुर्खेतमा १ हजार ५०, जाजरकोटमा १ सय ५० र दैलेखमा १ सय २५ वटा नयाँ घर बनेको वताए ।सुर्खेतमा सासद पूर्णबहादुर खड्का, जाजरकोटमा सासद राजिवविक्रम शाह र दैलेखमा सासद कुन्तीकुमारी शाहीको संयोजकत्वमा समुन्वय समिति गठन भएको छ ।
समितिमा वढीमा प्रमुख जिल्ला अधिकारी, जिल्ला विकास समिति, खानेपानी, मालपोत, नापी, भूमिसुधार, बन र सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रतिनिधी पदेन सदस्य रहने व्यवस्था छ ।
घर नभएका व्यक्तिहरुको पहिचान गर्नेघर नभएका विपन्न समुदायका व्यक्तिलाई नयाँ घर वनाएर सरकारले बस्ने वासको व्यवस्था मिलाएको छ ।

 




फेसबुकबाट तपाईको प्रतिक्रिया