स्याकले दियो नलगाडका भुकम्प प्रभावितलाई राहत

जाजरकोट-जाजरकोटको नलगाड नगरपालिका  ६ का  भुकम्प प्रभावित ७०० भन्दा बढी परिवारका लागि १३०० भन्दा बढी सेट हरुमा राहत वितरण गरिएको छ ।

प्लान इन्टरनेसनलको साझेदारीमा  समाज जागरण केन्द्र (स्याक) नेपालले वडा कार्यालय संग सहकार्य गरेर वितरण गरेको हो ।

दुई वटा बिधालय वीरेन्द्र प्राबि. का ७८ जना  र कालिका आधारभूत बिद्यालय का १२६ जना  बालबालिकाहरुका लागि करिब ३५०० बराबरको बिधालय कीट अभिभावक मार्फत वितरण गरिएको वडाध्यक्ष बीरेन्द्र खड्काले बताए ।

उनका अनुसार घर परिवारका लागि सरसफाई लगाएतका अतिआवश्यक सामान ३२४७ रुपैया बराबरको १०० परिवार लाई वितरण गरिएको छ ।

गर्भवती तथा सुत्केरीहरुका लागि  पौस्टिक आहार सहितको ३११० रुपया बराबरको २५० जनालाई वितरण गरेको छ । त्यसै गरि जेष्ठ नागरिक तथा परिवारका लागि बलान्केट, सुईटर, टोपी र अन्ने लत्ताकपडा सहित ९५८२ रुपया बराबरको २५० घरपरिवार वितरण गरेको छ ।

भुकम्पले क्षेती भएका घर उत्खनन तथा पुनर्निर्माण मा प्रयोग हुने बेल्चा, सब्बल, आरा, हतौडा, पिलास लगाएतका सामाग्री सहितको २६०० बराबरको २५०  सिकर्मी डकर्मीहरुका लागि  वितरण गरिएको स्याक नेपालका जाजरकोट कार्यक्रम संयोजक रेशम चन्दले बताए ।

 




फेसबुकबाट तपाईको प्रतिक्रिया