बद्री पन्त
जाजरकोट १०, असोज ।
जाजरकोट जिल्लामा प्रमुख तीन कार्यालय लामा समय देखि कार्यालय प्रमुख विहिन छन । पशु कार्यालय, जिल्ला अस्पताल तथा जिल्ला प्रहरी कार्यालय प्रमुख विहिन वनेका हुन् ।
जिल्ला पशु सेवा कार्यालय चार महिना देखि बरिष्ठ पशु चिकित्सक विहिन वनेको छ ।
गत असारमा कार्यालयका बरिष्ठ पशु चिकित्सक गुरु प्रसाद खगुराल सेवा निव्रित भएर गएपछि कार्यालय पशु चिकित्सक विहिन वनेको हो ।
निमित्त पशु चिकित्सक कपिल प्रसाद उपाध्यालाई कार्यालयको सामान्य भैपरी आउने काम बाहेक अन्य कामको जिम्मेवारी छैन ।
प्रमुख नहुदा लेखा तथा प्रशासनिक कामकानमा वाधा पुगेको कार्यालयले जनाएको छ ।
त्यसैगरी जिल्ला अस्पताल जाजरकोट पनि २ महिना देखि अस्पताल प्रमुख बिहिन बनेको छ । अस्पतालका प्रमुख डाक्टर राजेन्द्र जिसी सरुवा भएर अनेत्र गएपछि अस्पताल प्रमुख बिहिन बनेको हो ।
निमित्त अस्पताल प्रमुख डाक्टर चाँदनी जैसवाललाई अस्पतालको सामान्य भैपरी आउने काम बाहेक अन्य कामको जिम्मेवारी दिईएको छैन ।
प्रमुख नहुदा अस्पतालको लेखा तथा प्रशासनिक कामकानमा ठप्प भएको अस्पतालका सुचना अधिकारी बिष्णु चुडालीले जानकारी दिए ।
५० शैयाको अस्पतालमा स्वास्थ्य प्रमुख नहुदा दैनिक कामकाज प्रभावीत बनेको छ ।
अस्पताल प्रमुख को आउने भन्ने बारेमा कुनै जानकारी नआएको अस्पतालले जनाएको छ ।
उता जिल्ला प्रहरी कार्यालय जाजरकोट दुइ महिना देखि प्रमुख विहिन भएको छ ।
प्रहरी प्रमुख डिएसपी दानवहादुर मल्ललाइ प्रधानमन्त्री प्रचण्डको सुरक्षाको लागि प्रधानमन्त्री कार्यालयमा तानेपछि गत साउन २२ गते देखि रिक्त भएको उक्त पद अहिलेसम्म पनि पुर्ति हुन सकेको छैन ।
गत साउन २२ गते जिल्लावाट विदाइ भएर मल्ल प्रधानमन्त्री कार्यालयमा गएपछि जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षक हिकमत वोहराले निमित्त भएर काम गरिरहेका छन् ।
जिल्लामा लामो समय प्रहरी प्रमुख नहुदा जिल्लाको शान्ति सुरक्षा र अन्य काम कारवाहिमा समस्या परेको छ ।
राराखबर । २०७३, १० आश्विन सोमबार