सामाजिक सेवामा लाइन्स क्लव अफ सुर्खेत सेरोफेरो एक कमदअघि

सुर्खेत, ६ असोज ।
स्थापना भएको छोटो समयमै लाइन्स क्लव अफ सुर्खेत सेरोफेरोले सुर्खेतमा समाज सेवाका गतिविधीलाई तिव्र पारेको पारेको छ ।
क्लवले शुक्रवार विहान बीरेन्द्रनगर नगरपालिका वडा न ७ मा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
रक्तदान कार्यक्रममा वडा न ७ का वडाध्यक्ष धुव्रकुमार चपाईले क्लवको प्रशंसा गदै आगामी दिनमा थप मानविय सेवामा समर्पित हुन आग्रह गरे ।उनले क्लवले आयोजना गर्ने हरेक मानविय सेवाका गतिविधीलाई आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन । लाइन्स क्लवका जोन चियर पर्सन तथा रक्त संचार केन्द्रका प्रमुख किशोरकुमार रेग्मीले रक्तदान नै जीवन दान भएको वताए ।क्लवका अध्यक्ष युवराज पौडेलले रगतको अभावमा छटपटाई रहेका नागरिकको उपचार होस भन्ने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गरेको वताए ।उनले स्थापना भएको छोटो समयमै क्लवले स्वास्थ्य शिविरदेखि सरसफाई हुदै रक्तदान जस्ता मानविय सेवाका कामहरु गरेको उल्लेख गरे ।कार्यक्रमका क्लवका उपाध्यक्ष छवि आचार्य, कृष्णप्रसाद ढकाल लगायतले आफनो भनाई राखेका छन ।कार्यक्रममा क्लवका आर्थिक विभागका प्रमुख प्रेमकुमार विसी लगायत २५ जनाले रक्तदान गरेका छन ।

 




फेसबुकबाट तपाईको प्रतिक्रिया