जाजरकोट, ६ असोज ।
नेपाली काँग्रेसले आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि जाजरकोटमा उम्मेदवार छनौट गरेको छ । बिहिवार बसेको वैठकलले सर्वसम्मत रुपमा उम्मेदवारका टुंगो लगाएको हो । काँग्रेसले प्रतिनिधि सभाका लागि सासद राजीव विक्रम शाहलाई उमेदवार बनाउने निर्णय गरेको छ । उनी जाजरकोट क्षेत्र न २ का सासद पनि हुन । प्रदेश सभाका लागि क्षेत्र न २ वाट पार्टी सभापति दिपकजंग शाहलाई उमेदवार बनाउने निर्णय काँग्रेस जाजरकोटले गरेको छ ।क्षेत्र न १ को लागि सहमति जुटन सकेको छैन । प्रदेश सभाको लागि क्षेत्र न १ वाट पूर्व क्षेत्रीय सभापति युवा नेता वेदराज सिह र अर्का युवा नेता मुक्ति आचार्यले आ आफनो दावी पेश गरेका छन । दुर्व जना आ आफनै अडानमा कायम भएपछि सहमति जुटन सकेको छैन । सहमतिको लागि छलफल भैइरहेपनि सहमति भने जुटन नसकेको नेपाली काँग्रेस जाजरकोटले जनाएको छ । कार्यकर्ताहरुले क्षेत्र न १ को पनि सहमतिकै आधारमा उम्मेदवार चयन गर्न दवाव दिदै आएका छन ।
जाजरकोटमा प्रतिनिधि सभामा एक र प्रदेश सभामा २ निर्वाचन क्षेत्र कायम गरिएको छ । संघ र क्षेत्र न २ का लागि जाजरकोट काँग्रेसले सर्वसम्मत रुपमा उम्मेरदवारहरु छनौट गरेपछि कार्यकर्ताहरुमा उत्साह थपिएको छ । चुनाव आउनु भन्दा दुई महिना नै सर्वसम्मत रुपमा उम्मेदवार छनौट हुनुले जितलाई सुनिश्चित गरेको काँग्रेस कार्यकर्ताले वताएका छन । सधैजसो अन्तिम अवस्थामा मात्र उम्मेदवारको टुगो लगाउने परम्परालाई यसपटक काँग्रेसले तोडेको छ ।
राराखबर । २०७४, ५ आश्विन बिहीबार