
वोनम्यारोको समस्यावाट पीडित रबिना बचाउ अभियान थालेका पत्रकार प्रकाश पन्तलाई नगद ५ हजार रुपैया हस्तान्तरण गदै अध्यक्ष पौडेल ।
सुर्खेत, ५ असोज ।
लाइन्स क्लव अफ सुर्खेत सेरोफेरोका अध्यक्ष तथा युवा समाजसेवी युवराज पौडेलले वोनम्यारो (एप्लाटिक एनिमिया) को समस्यावाट पीडित जाजरकोटकी रबिना सिंह बोहरालाई आर्थिक सहयोग गरेका छन ।
शिक्षण अस्पताल काठमाडौमा उपचार गरिरहेकी रबिनाको उपचारको लागि पौडेलले नगद ५ हजार रुपैया प्रदान गरेका छन ।
वोनम्यारोको समस्यावाट पीडित रबिना बचाउ अभियान थालेका पत्रकार प्रकाश पन्तलाई पौडेलले उक्त रकम हस्तान्तरण गरेका हुन ।
एसओएस हर्मन माइनर विद्यालय सुर्खेतमा कार्यरत उनीले लाईन्स क्लव मार्फत विभिन्न किसिमका सामाजिक अभियानहरु संचालन गरिहेको छन ।
उनको पहल र सक्रियतामा सुर्खेतका विभिन्न ठाउँमा निशुल्क स्वास्थ्य शिविर संचालन भएका छन ।
उनले नेतृत्व गरेको लाइन्स क्लव अफ सुर्खेत सेरोफेरोले प्रदेश नं ६ को प्रमुख पर्यटकिय स्थल बुलवले उद्यान भित्र वोटानिकल पार्क बनाउने तयारी गरेको छ ।
अध्यक्ष पौडेलले वोनम्यारो पीडित रविनाको वारेमा कान्तिपुर दैनिक,नेपाल समाचार पत्र दैनिक र राराखवर डटकममा प्रकाशित भएको समाचार पढेपछि उपचारको लागि सहयोग गरेको बताए ।आफनो सानो सहयोगले रविनाको उपचारको लागि थेरै भएपनि राहात हुने विश्वास उनले व्यक्त गरे ।
मानविय सेवा नै धर्म भएको उल्लेख गदै उनले वोनम्यारो पीडित रविनाको जीवन बचाउनको लागि सक्दो सहयोग आग्रह पनि गरेका छन ।
यसअघि जाजरकोटका सांसद राजीव विक्रम शाहले पनि वोनम्यारोको समस्यावाट पीडित रविनाको उपचारको लागि २५ हजार रुपैया सहयोग गरेका थिए ।
शिक्षण अस्पताल महाराजगंजमै पुगेर रबिनालाई सांसद शाहले नगद नगद रुपैया हस्तान्तरण गरेका हुन ।
अस्पतालको शैयावाटै जीवन रक्षाको लागि सहयोगको याचना गरेको थाहाँ पाउन वित्तिकै अस्पतालमै पुगेर रबिनालाई सहयोग गरेको सांसद शाहले बताए ।
६ महिनादेखि शिक्षण अस्पताल काठमाडौमा उपचार गरिरहेकी रविनालाई रकम अभावले गर्दा थप उपचारमा समस्या भएको समाचार पत्रकार प्रकाश पन्तले नेपाल समाचार पत्र दैनिक र राराखवर डटकममा लेखेका थिए ।
उनले रविनालाई बचाउनको लागि सामाजिक संजाल मार्फत अभियान पनि चलाएका छन ।
अहिलेसम्म उनको उपचारमा ५ लाख रुपैया खर्च भैइसकेको भने वोनम्यारो प्रत्यारोपन गर्न थप ३० लाख रुपैया खर्च लाग्ने बताएको रबिनाका श्रीमान राजेन्द्र बोहराले जानकारी दिए ।
रबिनाको उपचार गदै आएका शिक्षण अस्पतालका डा.अन्जान श्रेष्ठले रबिनालाई वोनम्यारो नै प्रत्यारोपन गर्नु पर्ने वताए ।
उनले वोनम्यारो पत्यारोपन गर्न कम्तिमा पनि १५ देखि ३० लाख रुपैया खर्च हुने समेत वताए ।
राराखबर । २०७४, ५ आश्विन बिहीबार