नेपाल विद्यार्थी संघ सुर्खेतका अध्यक्ष गौतम विसीले विसीले सिम्ता गाउँपालिकाका ६९६ घरधूरीलाई व्यक्तिगत खर्चमा स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।
सिम्ता गाउँपालिका–९ खानीखोलाका सम्पूर्ण घरधुरीलाई उनले माक्स, स्यानिटाइज, ग्लोब्सलगायतका सामाग्री सहयोग गरेका हुन् ।
वडा अध्यक्ष लालबहादुर बुढाको रोहवरमा सबै घरधुरीलाई स्वास्थ्य सामाग्री वितरण गरिएको उनले बताए ।
आफु जन्मेको गाउँ भएकाले खानीखोलाबासीलाई कोरोनाको संक्रमणबाट जोगाउन उक्त सामाग्री सामाग्रीहरु सहयोग गरेको पनि उनले उल्लेख गरे ।
राराखबर । २०७७, ३० बैशाख मंगलवार